एमाले माओवादी गठबन्धन भत्काउँदै पाल्पाको रामपुरमा कांग्रेसले जीत्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १८, २०७४
|
|
१८ पटक हेरिएको
Shares
एमाले माओवादी गठबन्धन भत्काउँदै पाल्पाको रामपुरमा कांग्रेसले जीत्यो

सारांश

  • पाल्पा, असार १८ – एमाले र माओवादीको गठबन्धन भत्काउँदै पाल्पाको रामपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
  • रामपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रमन थापा ८ हजार ८ सय ८५ मतसहित विजयी हुनुभएको हो ।
  • उपाध्यक्षमा पनि कांग्रेसकै विष्णुदेवी घिमिरे  ८ हजार ५ सय २८ मतसहित विजयी हुनुभयो ।

पाल्पा, असार १८ – एमाले र माओवादीको गठबन्धन भत्काउँदै पाल्पाको रामपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रामपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रमन थापा ८ हजार ८ सय ८५ मतसहित विजयी हुनुभएको हो ।

उपाध्यक्षमा पनि कांग्रेसकै विष्णुदेवी घिमिरे  ८ हजार ५ सय २८ मतसहित विजयी हुनुभयो ।  मेयर पदमा प्रतिस्पर्धी नेकपा एमाले र माओबादी केन्द्रका संयुक्त उम्मेदवार नेकपा एमालेका राजु प्रसाद श्रेष्ठले ७,६,७६ र उपमेयर पदमा प्रतिस्पर्धी नेकपा एमालेकी दुर्गादेवी रानाले ७,९,२४ मत प्राप्त गर्नुभयो । रामपुर नगरपालीकामा १७,२,३८ मत खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?