कांग्रेस महासमिति बैठकमा देउवाकाे अाक्राेश:गिरिजाप्रसाद कोइराला भएको भए निकालिसक्नुहुन्थ्यो’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
१९ पटक हेरिएको
Shares
कांग्रेस महासमिति बैठकमा देउवाकाे अाक्राेश:गिरिजाप्रसाद कोइराला भएको भए निकालिसक्नुहुन्थ्यो’

सारांश

  • काठमाडौं, २८ मंसिर ।
  • नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिशोध लिने गरेर विवाद उत्पन्न गरेको आरोप लागेको छ ।
  • कांग्रेसको महासमिति बैठक शनिबारदेखि शुरु हुँदै छ ।

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिशोध लिने गरेर विवाद उत्पन्न गरेको आरोप लागेको छ । कांग्रेसको महासमिति बैठक शनिबारदेखि शुरु हुँदै छ । महासमितिको पूर्वसन्ध्यामा भएको केन्द्रीय कार्यसमिति बैठकमा देउवालाई वरिष्ठ नेता पौडेलबाट भएको आलोचना र आक्रमणको धेरैले विरोध गरेका छन् । बिहीबार बसेको कांग्रेसको बैठकमा देउवा र पौडेलबीच चर्काचर्की परेको थियो ।

पौडेलले संघ, प्रदेश र स्थानीय तहको चुनावमा पार्टी पराजित हुनुमा सभापति देउवाको कार्यशैलीलाई मुख्य जिम्मेवार रहेको आरोप लगाए । त्यसपछि देउवाले सामूहिक नेतृत्वमा सबैले जिम्मेवारी लिन आग्रह गरेका थिए । सरकार, संसद् र पार्टी नेतृत्व कमजोर बन्दा र कार्यशैली राम्रो नहुँदा पार्टी लथालिंग बनेको भन्दै पौडेलले समग्र पक्षको पोस्टमार्टम गर्नुपर्ने बताएका थिए । पौडेलसँग मात्रै नभएर आफैंले केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेकाहरूले समेत आलोचना गरेको भन्दै देउवाले आक्रोशित बनेको एक नेताले बताए । १३औँ महाधिवेशनमा पराजित भएका पौडेलसहितका अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला र गगन थापा लगायतले आलोचना गरेको भन्दै देउवा रिसाएका हुन् ।

सिटौला, केसी र थापा गत १३ औं महाधिवेशनमा सभापति र महामन्त्रीका प्रत्याशी थिए । पराजित सबै पदाधिकारीलाई देउवाले पहिलो चरणमै केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । चुनाव गराएको जस लिने तर पार्टीको शर्मनाक हार हुँदा पनि नैतिक जिम्मेवारी नलिने भन्दै पौडेलले देउवाको चर्को आलोचना गरेका थिए । उनले सभापतिलाई आफ्ना कमजोरी स्विकार्न आग्रह गरे । नेविसंघ, महिला संघ र तरुण दलमा पार्टी एकताका लागि आफूले त्याग गरेको पौडेलको भनाइ थियो । सभापति देउवाले त्यसलाई बुझ्न नसकेको पौडेलको गुनासो छ । नेविसंघलगायत अन्य संगठनको अधिवेशन गराउन नचाहेको आरोप पनि पौडेलले लगाए ।

सभापति देउवाले भने सबैभन्दा बढी त्याग आफैंले गरेको बताए । विरोध र असहयोगका कारण आफूले सोचेजस्तो काम गर्न नसकेको भन्दै बचाउ गरेका छन् । आफूविरुद्ध लाग्न नैतिक रूपमा नमिल्ने भन्दै सभापति देउवाले मनोनीत सदस्यहरूलाई चेतावनीसमेत दिएका थिए । ‘मैले नै मनोनीत गरेका सदस्यले मलाई नै गाली गर्ने ? नैतिक रूपमा मिल्ने कुरा हो ? गिरिजाप्रसाद कोइराला भएको भए निकालिसक्नुहुन्थ्यो’, देउवाले आक्रोश पोखे, ‘पञ्चायतकालमा झन्डा हल्लाउनेहरूले मेरो विरोध गर्ने ?’ गगन थापा र प्रदीप पौडेलले पार्टी हारबारे राजनीतिक प्रस्ताव र सांगठनिक प्रस्ताव कतै पनि उल्लेख नभएकामा आपत्ति जनाए ।

(brownshvac.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी नेता का‌ँग्रेसमा प्रवेश
माओवादी नेता का‌ँग्रेसमा प्रवेश
सर्बियाको विद्यालयमा बालकले गोली चलाउँदा ९ जनाको मृत्यु
सर्बियाको विद्यालयमा बालकले गोली चलाउँदा ९ जनाको मृत्यु
सपनामा अर्की महिलालाई देखेको भन्दै श्रीमतीले श्रीमान्‌को यौनाङ्गमा खन्याइदिइन् तातो पानी
सपनामा अर्की महिलालाई देखेको भन्दै श्रीमतीले श्रीमान्‌को यौनाङ्गमा खन्याइदिइन् तातो पानी
चीनको मङ्गल मिसनले पठायो पृथ्वी र चन्द्रमाबीचको यो तस्बिर
चीनको मङ्गल मिसनले पठायो पृथ्वी र चन्द्रमाबीचको यो तस्बिर
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सरकारले चालेका हरेक कदममा साथ दिने देउवाको विश्वास
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सरकारले चालेका हरेक कदममा साथ दिने देउवाको विश्वास
यो तस्विर हेरेर किन रोईरहेको छ संसार
यो तस्विर हेरेर किन रोईरहेको छ संसार
स्थानीय तहका अधिकार कार्यान्वयनः अवसर र चुनौतीको दोसाँधमा
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १४औं महाधिवेशनकाे कार्यतालिकाका विषयमा छलफल हुने
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १४औं महाधिवेशनकाे कार्यतालिकाका विषयमा छलफल हुने
असार १५ मा धान रोप्दै शेरबहादुर देउवाले यस्तो देखे सपना
असार १५ मा धान रोप्दै शेरबहादुर देउवाले यस्तो देखे सपना
असार ३ गते सार्वजनिक बिदा
असार ३ गते सार्वजनिक बिदा

तपाईंले छुटाउनुभयो कि?