गुन्डा नाइके मिलन गुरुङ (चक्रे मिलन) घरैबाट पक्राउ !!!

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २६, २०७४
|
|
१११२ पटक हेरिएको
Shares
गुन्डा नाइके मिलन गुरुङ (चक्रे मिलन) घरैबाट पक्राउ !!!

सारांश

  • प्रहरीले गुन्डागर्दीमा संलग्न मिलन गुरुङ (चक्रे मिलन)लाई राजधानीबाट मंगलबार पक्राउ गरेको छ ।
  • महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले गुरुङलाई मंगलबार महाराजगन्जस्थित उनको निवासबाट पक्राउ गरेको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यले जानकारी दिए ।
  • उनले चुनावलाई प्रभावित पार्ने र हुलहुज्जत गर्नसक्ने सूचनाका आधारमा पक्राउ गरिएको पनि बताए ।

प्रहरीले गुन्डागर्दीमा संलग्न मिलन गुरुङ (चक्रे मिलन)लाई राजधानीबाट मंगलबार पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले गुरुङलाई मंगलबार महाराजगन्जस्थित उनको निवासबाट पक्राउ गरेको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यले जानकारी दिए ।

उनले चुनावलाई प्रभावित पार्ने र हुलहुज्जत गर्नसक्ने सूचनाका आधारमा पक्राउ गरिएको पनि बताए ।

यही वैशाख ३१ गतेका लागि तय गरिएको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै प्रहरीले धमाधम राजधानीका गुन्डागर्दीमा संलग्नलाई पक्राउ गर्दै आएको छ ।

गत आइतबार गुन्डागर्दीमा संलग्न राजीव गुरुङ (दीपक मनांगे)लाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

 

 

Source : RSS

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?