घाँस काट्दा भीरबाट लडेर महिलाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • बागलुङको तमानखोला गाउँपालिका–३ हिलेमा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।
  • शनिबार स्थानीय हिलेको भीरमा घाँस काट्न गएकी ३१ वर्षीया उजेली रसाइलीको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौं । बागलुङको तमानखोला गाउँपालिका–३ हिलेमा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । शनिबार स्थानीय हिलेको भीरमा घाँस काट्न गएकी ३१ वर्षीया उजेली रसाइलीको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

रसाइली घाँस काट्ने क्रममा भीरबाट चिप्लिएर भीरबाट तल खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

शव परीक्षणका लागि बुर्तिवाङ स्वास्थ्य केन्द्रमा ल्याइएको र परीक्षणपछि परिवारलाई बुझाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?