झारफुक गर्ने बहानामा झाँक्रीबाट बलात्कृत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ३०, २०७४
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • असार ३०, २०७४- बेनी नगरपालिकाको एकै बस्तीका दुई महिला झारफुक गर्ने बहानामा झाँक्रीबाट बलात्कृत भएका छन् ।
  • झाँक्रीको काम गर्ने बागलुङ नगरपालिका–६ का काजु भनिने ५८ वर्षीय कर्णबहादुर किसानले एक साताअघि घरमै आएर एक दिन बिराएर दुईजना महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
  • आरोपी किसानलाई प्रहरीले उनको बागलुङस्थित घरबाट पक्राउ गरी शुक्रबार अदालतमा मुद्दा दर्ता गरेको छ ।

असार ३०, २०७४- बेनी नगरपालिकाको एकै बस्तीका दुई महिला झारफुक गर्ने बहानामा झाँक्रीबाट बलात्कृत भएका छन् । झाँक्रीको काम गर्ने बागलुङ नगरपालिका–६ का काजु भनिने ५८ वर्षीय कर्णबहादुर किसानले एक साताअघि घरमै आएर एक दिन बिराएर दुईजना महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । आरोपी किसानलाई प्रहरीले उनको बागलुङस्थित घरबाट पक्राउ गरी शुक्रबार अदालतमा मुद्दा दर्ता गरेको छ ।

‘उपचार विधि बाहिर भनेमा झाँक्रीको मन्त्रले काम नगर्ने भन्दै तामा–तुलसी र हतियार छुवाएर सयौंपटक कसम खुवाई ढोका लगाएर सुरुमा मन्त्र भन्दै गुप्तांग पूजा गरी बलात्कार गरेको पीडितले बताएका छन्,’ प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले भनिन्, ‘लाज र डरले पहिलोपटक पीडित महिलाहरू चुप लागे पनि दोस्रोपटक भने घटना बाहिर ल्याए । धामीले महिलाको ढाड, कम्मर, तल्लो पेट दुख्ने रोगलाई सूत्रका रूपमा प्रयोग गर्ने गरेको खुलेको छ ।’

चिनजानका झाँक्री भन्दै बिरामी महिलाका परिवारले किसानलाई घरमा बोलाएका थिए । टाढाको झाँक्री आएको थाहा पाएर छिमेककी अर्की महिला पनि दोस्रो दिन झारफुक गराउन पुगेकी थिइन् । आफूलाई यौनशोषण गरेको घटना महिलाहरूको आपसी कुराकानीबाट खुलेपछि दुवै प्रहरीसम्म पुगेका थिए । झाँक्रीले कसुर स्वीकार गरेको खडकाले बताइन् । उनका अनुसार झाँक्री पक्राउ परेपछि अरू महिलाले पनि फोन गरी आफूहरू पनि पीडित भएको बताएका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?