न्यायाधीश जोशीका सबै काम खोसिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
न्यायाधीश जोशीका सबै काम खोसिए

सारांश

  • काठमाडौं ।
  • प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कार्यभार सम्हालेपछि संसदबाट यसअघि प्रधानन्यायाधीशका लागि अस्विकृत भएका न्यायाधीश दीपकराज जोशीको सबै कामबाट फिर्ता गरिदिएका छन् ।
  • प्रन्याय राणाले बिहिबार न्यायपरिषद्को बैठक राखी संवैधानिक इजलासबाट समेत उनलाई हटाएका छन् ।

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कार्यभार सम्हालेपछि संसदबाट यसअघि प्रधानन्यायाधीशका लागि अस्विकृत भएका न्यायाधीश दीपकराज जोशीको सबै कामबाट फिर्ता गरिदिएका छन् ।

प्रन्याय राणाले बिहिबार न्यायपरिषद्को बैठक राखी संवैधानिक इजलासबाट समेत उनलाई हटाएका छन् । संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको रहने निर्णय परिषदले गरेको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश रहने व्यवस्था छ ।

संवैधानिक इजलासमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशी रहेका थिए । नवनियुक्त प्रधानन्यायाधीश राणाले बुधबारदेखि नै जोशीलाई मुद्दामा पेशी तोकेनन् । न्यायाधीश जोशी सर्वोच्च पुगी बिहिबार हाजिर गरेर घर फर्केका थिए । अबदेखि उनले मुद्दा हेर्न पाउँदैनन् ।

न्यापरिषदको बैठकले न्यायाधीश जोशी मेलमिलाप परिषद्का अध्यक्ष रहेको स्थानमा न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई जिम्मेवारी दिने निर्णय गरेको छ । त्यस्तै उच्च अदालत जनकपुरमा बेथिति बढ्दै गएकाले नियन्त्रण गर्न उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिकुमार पोखरेललाई पठाउने निर्णय गरेको छ ।

बैठकले न्यायाधीशविरुद्ध परेका उजुरीको छानविनका लागि प्रधानन्यायाधीशको नेतृत्वमा संयन्त्र बनाउने निर्णयसमेत गरेको छ । संसदीय सुनुवाइ समितिलेसमेत अस्विकीत जोशीलाई मुद्दा हेर्न दिएको भन्दै प्रश्न उठाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज बावुको मुख हेर्ने दिन तथा कुशे औंसी पर्व
आज बावुको मुख हेर्ने दिन तथा कुशे औंसी पर्व
उत्तर कोरियाको क्षेप्यास्त्र जापानी आकाशमा,जापानी नागरिक आतंकित/
उत्तर कोरियाको क्षेप्यास्त्र जापानी आकाशमा,जापानी नागरिक आतंकित/
मेयर रेनुको यस्तो छ सुन्दर र समृद्ध भरतपुर महानगर बनाउने ८७ बुदेँ नीति तथा कार्यक्रम(पुरा बुदाँसहित)
मेयर रेनुको यस्तो छ सुन्दर र समृद्ध भरतपुर महानगर बनाउने ८७ बुदेँ नीति तथा कार्यक्रम(पुरा बुदाँसहित)
यस वर्षको मनसुन बाहिरिन सुरु, केही भूभागमा हल्का वर्षाको सम्भावना
यस वर्षको मनसुन बाहिरिन सुरु, केही भूभागमा हल्का वर्षाको सम्भावना
दन्दकालिन मुद्धा ब्युँतिए माओबादीका सबै शीर्ष नेता जेल जानसक्ने !
दन्दकालिन मुद्धा ब्युँतिए माओबादीका सबै शीर्ष नेता जेल जानसक्ने !
प्रधानमन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिइने
प्रधानमन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिइने
आज राष्ट्रियसभाको बैठक बस्दै
आज राष्ट्रियसभाको बैठक बस्दै
साउदीमा तलब नदिएपछि धमाधम रोजगारदाता छोड्दै नेपाली
साउदीमा तलब नदिएपछि धमाधम रोजगारदाता छोड्दै नेपाली
थप अनुसन्धानलाई प्रहरीमा निवेदन दिन्छौ : लामिछाने
थप अनुसन्धानलाई प्रहरीमा निवेदन दिन्छौ : लामिछाने
रेखाले अब हल्का माया लाउँदै नलाउने, मालिकामा माया गाढा लगाउने
रेखाले अब हल्का माया लाउँदै नलाउने, मालिकामा माया गाढा लगाउने

तपाईंले छुटाउनुभयो कि?