‘पार्टी एकता छिन्नभिन्न बनाउन केही तत्व लागेका छन्’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
‘पार्टी एकता छिन्नभिन्न बनाउन केही तत्व लागेका छन्’

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साङ्गठनिक एकतालाई पुसमाघ भित्रै पूरा गर्ने प्रस्ताव गरिएको छ ।
  • प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता छिन्नभिन्न बनाउन केही तत्व लागेको वैठकमा उल्लेख गरे ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साङ्गठनिक एकतालाई पुसमाघ भित्रै पूरा गर्ने प्रस्ताव गरिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता छिन्नभिन्न बनाउन केही तत्व लागेको वैठकमा उल्लेख गरे ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा एकता गर्न बाँकी रहेका कमिटीको एकता पुस मसान्तसम्म गर्ने प्रस्ताव भएको छ । जिल्ला कमिटी, स्थानीय तह र जनवर्गीय सङ्गठनको एकता हुन अझ बाँकी छ ।

‘अहिले पार्टी एकतालाई छिन्नभिन्न बनाउन केही तत्व लागेका छन् । तिनलाई परास्त गरेर जानुपर्दछ’ बैठकमा प्रधानमन्त्री ओलीले माघ महिनाभित्र सबै कमिटीको भेला र केन्द्रीय कमिटीको बैठकसमेत आयोजना गर्ने बताए ।

आफ्नो राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नको स्थायी कमिटी सदस्यले बैठकमा जवाफ दिने क्रममा अध्यक्ष ओलीले कार्यदल गठन गरेर बाँकी रहेको संगठन एकतालाई निष्कर्षमा पु¥याउने बताएका छन् ।

एकतापछि पार्टीको केन्द्रीय कमिटी र प्रदेश कमिटीसहित इञ्जिनीयरिङ, निर्माण व्यवसायी र कानुन व्यवसायी संगठनको मात्रै एकता भएको छ । बैठकमा भएको छलफलले अझ उन्नतस्तरको एकताका लागि बलियो आधार तयार गरेको उल्लेख गर्दै पार्टीको एकतालाई बलियो बनाउन ढिलाइ गर्न नहुनेमा जोड दिएको वैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?