बिराटनगर महानगरको अहिलेसम्मको मतगणना परिणाम (अपडेट)
सारांश
- बिराटनगर ।
- दोस्रो चरणमा सम्पन्न भएको एकमान महानगरपालिका बिराटनगरमा ८०हजार ४ सय ७७ मत खसेको छ ।
- ७०.
बिराटनगर । दोस्रो चरणमा सम्पन्न भएको एकमान महानगरपालिका बिराटनगरमा ८०हजार ४ सय ७७ मत खसेको छ । ७०.७४ प्रतिशत मत खसेको बिरटनगरको मतगणना शुरु हुन केहिबेरमात्र बाँकी रहेको मुख्य निर्बाचन अधिकृत विनोद कुमार पोख्रेलले जानकारी दिए । जम्मा १०० मत गन्दा काँग्रेसका भीम पराजुलीले ४६ मत प्राप्त गरेका छने भने एमालेका विनोद ढकालले ३५ मत प्राप्त गरेका छन् । अन्यले जम्मा २९ मत मात्र पा्रप्त गरेको समाचार प्राप्त भएको छ । सर्बदलिय बैठक बसेर मतगणनाको शुरुवाती हुने जनाईएको छ । बिराटनगरबाट काँग्रेसका युवा नेता भीम पराजुली मेयरमा र एमालेका बिनोद ढकाल उपमेयरमा प्रत्यासी छन् । माओबादी केन्द्र, मधेशी जनअधिकार फोरम लोकतान्त्रीक, संघीय समाजबादी, साझा पार्टी, विवेकशील नेपाली पार्टी लगायतको मेयर तथा उपमेयरमा उमेर्द्वारी परेको छ । दोस्रो चरणको निर्बाचनको प्रमुख चासोको केन्द्र रहेको बिराटनगरमा काँग्रेसको जित हुने आंकलन गरिएको अनुसार प्रारम्भिक मतगणनामा भीम पराजुलीको अग्रता देखिएको छ । । एमाले मोरगंका अध्यक्ष रहेका विनोद ढकाल पनि बिराटनगरमा लोकप्रीय नै मानिन्छन् ।
प्रतिक्रिया