१० बर्षीया बालिकाको बलात्कारपछि हत्या

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २६, २०७३
|
|
९९ पटक हेरिएको
Shares

सारांश

  • २०७३ असोज २५ गते मंगलबार मा प्रकाशित यसरी गरियो १० बर्षीया बालिकाको बलात्कारपछि हत्या पोखरा ।
  • कास्कीको ढिकुरपोखरी गाविसमा १० बर्षीया वालिकाको हत्या भएको छ ।
  • ढिकुरपोखरी १ की १० बर्षीया कञ्चन विकको बलात्कारपछि हत्या भएको हो ।

२०७३ असोज २५ गते मंगलबार मा प्रकाशित
यसरी गरियो १० बर्षीया बालिकाको बलात्कारपछि हत्या

पोखरा । कास्कीको ढिकुरपोखरी गाविसमा १० बर्षीया वालिकाको हत्या भएको छ । ढिकुरपोखरी १ की १० बर्षीया कञ्चन विकको बलात्कारपछि हत्या भएको हो ।

दशैको फुलतापतीको दिन शनिवार अपरान्ह घरबाट हराएकी विकको आईतवार अष्टमीको दिन विहान घर नजिकै खेतमा मृत अबस्थामा शब भेटिएको हो । शबको प्रकृति हेर्दा वलात्कारपछि हत्या भएको आशंका गरिएको भएपछि यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । वलात्कारपछि हत्या वा हत्या मात्रै भन्ने बारे पोष्टमार्टम रिपोर्टपछि मात्रै यकिन गर्न सकिने प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।
वालिकाको यौनाङ्ग रत्ताम्मे भेटिएकाले पनि बलात्कार भएको हुन सक्ने आशंका गरिएको छ । घटनामा संलग्नताको आशंकामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ब्यक्तिहरुमाथि थप अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ । बालिकाका बाबु राजकुमार विक रोजगारीको लागि विदेशमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?