भारतीय सुरक्षाकर्मीहरु नेपालमा आएर पर्साका एक नेपाली नागरिकलाई समातेर लगेपछि प्रहरी चौकी प्रसौनीलाई गाउँलेहरुद्वारा घेराउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ४, २०७४
|
|
४६ पटक हेरिएको
Shares
भारतीय सुरक्षाकर्मीहरु नेपालमा आएर पर्साका एक नेपाली नागरिकलाई समातेर लगेपछि प्रहरी चौकी प्रसौनीलाई गाउँलेहरुद्वारा  घेराउ

सारांश

  • पर्सा: भारतीय सुरक्षाकर्मीहरु नेपालमा आएर पर्साका एक नेपाली नागरिकलाई समातेर लगेपछि प्रहरी चौकी प्रसौनीलाई गाउँलेहरुले घेराउ गरेका छन्।
  • प्रसौनीका गाउलेहरुले विहान ६ बजेदेखि नै टायर बालेर प्रदर्शन गर्दै प्रहरी चौकी घेराउ गरेका हुन्।
  • नेपाली प्रहरीले भारतीय प्रहरीलाई सघाएको आरोप लगाउँदै गाउलेहरु आक्रोशित बनेका छन्।

पर्सा: भारतीय सुरक्षाकर्मीहरु नेपालमा आएर पर्साका एक नेपाली नागरिकलाई समातेर लगेपछि प्रहरी चौकी प्रसौनीलाई गाउँलेहरुले घेराउ गरेका छन्।

प्रसौनीका गाउलेहरुले विहान ६ बजेदेखि नै टायर बालेर प्रदर्शन गर्दै प्रहरी चौकी घेराउ गरेका हुन्। नेपाली प्रहरीले भारतीय प्रहरीलाई सघाएको आरोप लगाउँदै गाउलेहरु आक्रोशित बनेका छन्।

भारत विहार ,पुर्वी चंपारण भेलाही र पर्सा ,विन्दवासिनीमाई गाउपालिका वडा नं ५ पर्ने प्रसौनी गाउँ छोटी भन्सारको सीमा नाका हो। प्रसौनीबाट २५ वर्षीय भाष्कर पाण्डेलाई भारतीय प्रहरीले पक्राउ गरेर लगेपछि गाउँले र प्रहरीबीच तनाव बढेको हो।

नेपाल भारत सीमाबाट १ किलो मिटर उत्तरमामा रहेको प्रसौनी गाउँमा हतियारसहित भारतीय प्रहरी आएर नेपाली नागरीकलाई समातेर लगेपछि गाउलेहरु चकित बन्दै नेपाली प्रहरी प्रशासनको विरुद्धमा उत्रेका हुन्।

पाण्डेलाई नेपाली प्रहरीको सहयोगमा अपहरण शैलीमा भारतीय सुरक्षाकर्मीहरुले समातेर भारत लगेको पाण्डेकी दिदी नितु दुबेले बताउनुभयो। उहाँका अनुसार मंगलवार साझ ६ बजेको समयमा भारतीय सुरक्षाकर्मीहरुलाई लिएर प्रहरी चौकी परसौनीका इन्चार्ज प्रहरी सहायक निरीक्षक अनिल महतो, हवलदार र प्रहरी जवान गरी तीन जना नेपाली र ८ जना सिभिल पोसाकमा हतियार बोकेका भारतीय सुरक्षाकर्मी घरमा पसेर चौकीमा हिड भन्दै समातेर लगेको बताउनुभयो।

गाउँलेहरुका अनुसार पैसाको लोभमा परी नेपाली प्रहरीले भारतीय प्रहरीलाई पाण्डेलाई पक्राउ गर्न सहयोग गरेको आरोप लगाएका छन्। एक स्थानीयले भने, ‘ ४ वटा मोटरसाइकमा ८ जना भारतीय सुरक्षाकर्मीहरु आएका थिए।तर पछि मान्छे पक्राउ परेपछि भारतीय भ्यान बोलाई भारतीय सीमावर्ती पुलिस थाना भेलाहीतर्फ लगेको थियो।’

यस विषयमा प्रहरी चौकी प्रसौनीका प्रहरी सहायक निरीक्षक महतोसँग बुझ्दा घटनाबारेमा आफूलाई कुनै जानकारी नभएको र आफूहरु सो घटनामा पाण्डेलाई समात्न कुनै पनि सहयोग नगरेको दावी गर्नुभयो। पर्साको विन्दवासिनी गाउँपालिकाको प्रसौनीभाठामा रहेका प्रहरी चौकी स्थानिय बासिन्दाले घेराउ गरेर प्रदर्शन गरेका छन।

मंगलवार साँझ हतियार सहित नेपालमा प्रवेश गरेका भारतीय सुरक्षाकर्मीले प्रसौनी भाठाका २५ वर्षीय भाष्कर पाण्डेलाई बिना कारण पक्राउ गरेपछि विरोधमा पाण्डेका आफन्त र स्थानीयले बुधबार बिहानैदेखि प्रहरी चौकी प्रसौनीभाठा अगाडि टायर बालेर प्रदर्शन गरेका हुन्।

पाण्डेलाई नेपाली प्रहरीको सहयोगमा अपहरण शैलीमा भारतीय सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएर भारत लगेको पाण्डेका आफन्तले आरोप लगाएका छन्।

यता, प्रहरी चौकी प्रसौनीभाठाका प्रहरी सहायक निरीक्षक महत्तोले पाण्डे पक्राउ बारेमा आफूहरुलाई जानकारी नभएको र आफूहहरुले पाण्डेलाई समात्न कुनै पनि सहयोग नगरेको दाबी गरेका छन्। प्रहरी चौकी प्रसौनीभाठा पुग्नु भएका पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले भने पाण्डेलाई भारतीय प्रहरीले मंगलवार रक्सौलको एक होटलबाट नियन्त्रणमा लिएको दाबी गर्नुभयो।

उहाँले भन्‍नुभयो, ‘पाण्डेलाई भारतीय सुरक्षाकर्मीले नेपालबाट पक्रेर लगेका होइनन्, रक्सौल गएकै बेला उनलाइ त्यहाको एक सुरक्षाकर्मीले नियन्त्रणमा लिएको सुचना हामीले पाएका थियौ,’ उहाँले भन्नुभयो, ‘आज स्थानीयले प्रहरी चौकी अगाडि प्रदर्शन गरेको खबर पाएपछि म त्यहा पुगे, पाण्डेलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिनुको कारणबारे सत्य, तथ्य बुझेर जानकारी गराउने आश्वासन दिएपछि स्थानीयले प्रदर्शन स्थगित गरेका छन्।

स्रोतका अनुसार विगत केहि दिन अगाडी भारतको सिमावर्ती रक्सौलको एक निजी स्कुलमा चलेको गाली काण्डमा भाष्कर पाण्डेको पनि संलग्ता देखिएकाले भारतीय प्रहरीले नेपालको प्रसौनी र भारतको भेलाही सीमा नजिकबाट पक्राउ गरेको बुझिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खारेज भएका सरकारी भवन र जग्गा कर्णाली प्रदेश सरकारले आफ्नो मातहतमा लिने
खारेज भएका सरकारी भवन र जग्गा कर्णाली प्रदेश सरकारले आफ्नो मातहतमा लिने
नयाँ मुलुकी एेन: फोटो खिच्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना
नयाँ मुलुकी एेन: फोटो खिच्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि गोली प्रहार, चार अङ्गरक्षक घाइते
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि गोली प्रहार, चार अङ्गरक्षक घाइते
Ram Avatar Bhardawaj to play Atal Bihari Vajpayee in Anupam Kher’s The Accidental Prime Minister!
Ram Avatar Bhardawaj to play Atal Bihari Vajpayee in Anupam Kher’s The Accidental Prime Minister!
गोरखा २ को मतगणना रोचक भएपछि बाबुरामले लेखे यस्तो
गोरखा २ को मतगणना रोचक भएपछि बाबुरामले लेखे यस्तो
खाद्यपदार्थ प्रशस्त हुँदापनि पाकिस्तानमा लाखौँलाई कुपोषण
खाद्यपदार्थ प्रशस्त हुँदापनि पाकिस्तानमा लाखौँलाई कुपोषण
न्यायपालिकामा दबाब दिने नेताको नामसहित ‘न्याय’ नामको पुस्तक ल्याइन् पूर्वप्रन्या कार्की
न्यायपालिकामा दबाब दिने नेताको नामसहित ‘न्याय’ नामको पुस्तक ल्याइन् पूर्वप्रन्या कार्की
गोरेका बाबु भन्छन्, ‘सुन तस्करिमा संलग्न सबैलाई सजाय हुनुपर्छ ।’
गोरेका बाबु भन्छन्, ‘सुन तस्करिमा संलग्न सबैलाई सजाय हुनुपर्छ ।’
पचास हजार घुस रकमसहित दुई पक्राउ
पचास हजार घुस रकमसहित दुई पक्राउ
कांग्रेस सभापतिहरुको भेलाले कम्युनिष्ट सरकारलाई लगायो यस्तो आरोप
कांग्रेस सभापतिहरुको भेलाले कम्युनिष्ट सरकारलाई लगायो यस्तो आरोप