रुकुममा माओवादी केन्द्रका ५ वडा सदस्य निर्विरोध

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
रुकुममा माओवादी केन्द्रका ५ वडा सदस्य निर्विरोध

सारांश

  • ५ असार, रुकुम ।
  • यहाँको भुमे गाउँपालिकामा माओवादी केन्द्रका ५ जना वडा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।
  • गाउँपालिकाको वडा नं.

५ असार, रुकुम । यहाँको भुमे गाउँपालिकामा माओवादी केन्द्रका ५ जना वडा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । गाउँपालिकाको वडा नं. ७ मा वडा अध्यक्षबाहेक ४ जना सदस्यहरु र वडा नं. ६ का दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

वडा नं. ७ का महिला सदस्य मनकुमारी बुढा, दलित महिला सदस्य रामकुमारी सुनार, वडा सदस्यहरु धनिमान बुढा र रुपधन कामी निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै, वडा नं. ६ की दलित महिला सदस्य मीना सुनार पनि निर्विरोध निर्वाचित भएकी छन् ।

गाउँपालिका अध्यक्षमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राजमो र स्वतन्त्र गरी ५ जनाले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा कांग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेदवारी दिएका छन् ।

९ वटा वडा रहेको भुमे गाउँपालिकामा माओवादी केन्द्रले ४७ जना, कांग्रेसले ३६ जना र एमालेकाे २७ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?