लहानमा ११७ सहकारी संस्था दर्ता, १२को दर्ता खारेज

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
५३ पटक हेरिएको
Shares
लहानमा ११७ सहकारी संस्था दर्ता, १२को दर्ता खारेज

सारांश

  • लहान ।
  • सहकारी डिभिजन कार्यालयमा चालु आर्थिक वर्षमा ११७ वटा नयाँ सहकारी संस्था दर्ता भएका छन् ।
  • चालु आवमा सिरहामा ५८ र सप्तरीमा ५९ वटा नयाँ सहकारी संस्था थपिएको कार्यालयका सूचना अधिकारी प्रकाश योङ्गहाङ्गले जानकारी दिए ।

लहान । सहकारी डिभिजन कार्यालयमा चालु आर्थिक वर्षमा ११७ वटा नयाँ सहकारी संस्था दर्ता भएका छन् ।

चालु आवमा सिरहामा ५८ र सप्तरीमा ५९ वटा नयाँ सहकारी संस्था थपिएको कार्यालयका सूचना अधिकारी प्रकाश योङ्गहाङ्गले जानकारी दिए । उनका अनुसार योसँगै अब सिरहामा सहकारी संस्थाको सङ्ख्या ६७७ पुगेको छ भने सप्तरीमा ७२८वटा छ ।

दर्ता भएर लामो समयसम्म कुनै कारोबार नगर्ने सिरहा र सप्तरीको १२ वटा सहकारी संस्थाका दर्ता खारेज भएको छ । दर्ता भएको १० वर्षभन्दा बढी समयसम्म पनि कुनै कारोबार नगरेको भन्दै कार्यालयले सिरहाको पाँच र सप्तरीको सातवटा सहकारी संस्थाका दर्ता खारेज गरेको हो ।

गत आर्थिक वर्षमा पनि सो कार्यालयले सिरहाको दश र सप्तरीको १६ वटा गरी २६ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको थियो । दर्ता गराएर पनि लामो समयसम्म कुनै कारोबार गरेको नदेखाएकाले ती सहकारी संस्थाको दर्ता खारेज गरिएको कार्यालय प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए । उक्त कार्यालयले सिरहा र सप्तरीलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
कैलालीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
अंगिकृत नागरिकता दिने प्रावधान हटाउनुपर्छ : स्वास्थ्यमन्त्री यादव
अंगिकृत नागरिकता दिने प्रावधान हटाउनुपर्छ : स्वास्थ्यमन्त्री यादव
प्रत्यक्षमा कांग्रेसले नराम्रोसँग पराजय भोगेपनि समानुपातिकले उक्सियो
प्रत्यक्षमा कांग्रेसले नराम्रोसँग पराजय भोगेपनि समानुपातिकले उक्सियो
नेपाल टलिकमका सहायकले ८६ लाख भ्रष्टाचार गरेपछि
नेपाल टलिकमका सहायकले ८६ लाख भ्रष्टाचार गरेपछि
पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव
पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव
शानदार एक्सन र दमदार एनिमेसनले भरिएको प्रभासको ‘साहो’ टीजर रिलिज
शानदार एक्सन र दमदार एनिमेसनले भरिएको प्रभासको ‘साहो’ टीजर रिलिज
मिस नेपाल-२०२४ को उपाधि आस्मा कुमारी केसीलाई
मिस नेपाल-२०२४ को उपाधि आस्मा कुमारी केसीलाई
नरेन्द्र मोदीको स्वागतका लागि बनाइएका स्वागतद्वार ढल्याे ! रेडियो  बन्द
नरेन्द्र मोदीको स्वागतका लागि बनाइएका स्वागतद्वार ढल्याे ! रेडियो बन्द
बन्धक बनाएर छात्रा बलात्कार गर्ने शिक्षक पक्राउ
बन्धक बनाएर छात्रा बलात्कार गर्ने शिक्षक पक्राउ