लापर्वाही गरेका ठेकेदारलाई ७५ लाख जरिवाना

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ३, २०७४
|
|
४० पटक हेरिएको
Shares
लापर्वाही गरेका ठेकेदारलाई ७५ लाख जरिवाना

सारांश

  • चितवन, ३ पुस , नारायणगढ–मुग्लिन सडकखण्डमा तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदार कम्पनीबाट रु ७५ लाख जरिवाना असुल गरिएको छ ।
  • सडक निर्माणमा ढिलासुस्ती गरेका कारण सो सडकको पहिलो र तेस्रो खण्डको जिम्मेवारी पाएका दुई निर्माण कम्पनीबाट जरिवाना असुल गरिएको हो ।
  • नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार पहिलो खण्ड आँपटारीदेखि झण्डै १३ किमी सडकखण्ड निर्माणको जिम्मा लिएको बिएलए श्रेष्ठ जेभी निर्माण कम्पनी र तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको जिम्मा लिएको सुप्रिम रौताहा जेभी निर्माण कम्पनीबाट जरिवाना असुल गरिएको हो ।

चितवन, ३ पुस , नारायणगढ–मुग्लिन सडकखण्डमा तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदार कम्पनीबाट रु ७५ लाख जरिवाना असुल गरिएको छ ।

सडक निर्माणमा ढिलासुस्ती गरेका कारण सो सडकको पहिलो र तेस्रो खण्डको जिम्मेवारी पाएका दुई निर्माण कम्पनीबाट जरिवाना असुल गरिएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार पहिलो खण्ड आँपटारीदेखि झण्डै १३ किमी सडकखण्ड निर्माणको जिम्मा लिएको बिएलए श्रेष्ठ जेभी निर्माण कम्पनी र तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको जिम्मा लिएको सुप्रिम रौताहा जेभी निर्माण कम्पनीबाट जरिवाना असुल गरिएको हो । पहिलो खण्डको बिएलए तथा श्रेष्ठ निर्माण कम्पनीबाट रु आठ लाख र तेस्रो खण्डको सुप्रिम तथा रौताहा निर्माण कम्पनीबाट रु ६७ लाख जरिवाना असुल गरिएको छ ।

खनालका अनुसार मंसिर महिनामा उनीहरुले पाउने भुक्तानीबाट जरिवाना असुल गरिएको छ । सो सडकखण्ड दुई वर्षभित्र सम्पन्न गर्न ठेकेदार कम्पनीलाई रु दुई अर्ब ९० करोडमा ठेक्का दिइएको थियो ।

पहिलो खण्डको रु ६१ करोड, दोस्रो खण्डको रु ९८ करोड र तेस्रो खण्डको रु एक अर्ब ३१ करोडमा ठेक्का दिइएको थियो । खनालका अनुसार ठेक्का दिँदा समयलाई तीन भागमा विभाजन गरेर पहिलो आठ महिनामा १५ प्रतिशत, दोस्रो आठ महिनामा ५० प्रतिशत र तेस्रो आठ महिनामा बाँकी काम सम्पन्न गर्नुपर्ने शर्त राखिएको थियो । दोस्रो आठ महिनाको समयमा ५० प्रतिशत काम सम्पन्न नगरेपछि पहिलो खण्ड र तेस्रो खण्डका निर्माणमा कम्पनी जरिवानामा परेका हुन् ।

भूकम्प, नाकाबन्दी, चक्काजामलगायतका कारण थप भएको समयसीमामा पनि काम सम्पन्न नगरेपछि उनीहरुलाई जरिवाना गरिएको हो ।

पहिलो आठ महिनामा निर्धारित काम नभएमा शून्य दशमलव ००७५ प्रतिशत, दोस्रो आठ महिनामा काम सम्पन्न नभएमा शून्य दशमलव ०२५ प्रतिशत र तेस्रो आठ महिनामा काम सम्पन्न नभएमा शून्य दशमलव ०५ प्रतिशत जरिवाना गरिने सम्झौता गरिएको थियो ।

कूल ३२ दशमलव २ किमी लम्बाइ रहेको सो सडकको हालसम्म १३ दशमलव ५ किमी सडकको एक तहको कालोपत्र भएको छ । तीन तह कालोपत्र गर्नुपर्ने हुन्छ । बाँकी भागको कालोपत्र र ८०० मिटर भित्तो काट्ने काम बाँकी नै रहेको छ ।

सन् २०१५ को अप्रिलमा दुई वर्षभित्रमा काम सम्पन्न गर्ने गरी तीन वटा निर्माण कम्पनीलाई सो सडकको ठेक्का दिइएको थियो । राजधानी प्रवेश र बाहिरिने मुख्य मार्ग भएकाले सरकारको उच्च प्राथमिकतामा रहेको यो सडकमा विभिन्न बहानामा निर्माण कम्पनीले निर्माणमा ढिलाइ गरिरहेका छन् ।

तेस्रो पटक मिति थप गरेपछि पहिलो खण्ड आँपटारीदेखि झण्डै १३ किमी सडकखण्ड निर्माणको जिम्मा लिएको बिएलए तथा श्रेष्ठ निर्माण कम्पनी र तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम तथा रौताहा निर्माण कम्पनीको ठेक्का अवधि अब २०१८ फेब्रुअरीसम्म पुगेको छ । पहिलो खण्डको मिति फेब्रुअरी १४ र तेस्रो खण्डको फेब्रुअरी २० सम्म मिति थप गरिएको छ ।

गएको चैत महिनायता पहिरो, वर्षा, दुई पटकको निर्वाचनलगायतका कारण काम रोकिएको र त्यो समयको म्याद थप गर्न बाँकी रहेको आयोजनाले जनाएको छ । खनालका अनुसार बढीमा ४५ दिनसम्म म्याद थप हुन सक्ने देखिएको छ । आउँदो चैत मसान्तसम्ममा सडक सम्पन्न हुनुपर्ने उहाँले बताउनुभयो ।

हालसम्म सडकको ६६ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । पहिलो खण्डमा ६७ दशमलव १ प्रतिशत, दोस्रो खण्डमा ६९ दशमलव ५ प्रतिशत र तेस्रो खण्डमा ५८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

एशियन हाइवेअन्तर्गतको एएच ४ टु खण्डअन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्ड पर्छ । चीन हुँदै नेपालको कोदारी–काठमाडौँ, नागढुंगा–नौबिसे, मुग्लिन–नारायणगढ, हेटौँडा–वीरगञ्ज हुँदै भारतको मुजफ्फरपुर हुँदै जाने यो सडक एशियन हाइवेको एक खण्ड हो ।

राजधानी काठमाडौँबाट तराईका जिल्ला बाहिरिने र भित्रिने मुख्य मार्ग भएकाले यो सडक व्यस्त रहने गर्छ । सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारीसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यि हुन आईतबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरू !
यि हुन आईतबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरू !
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम (विज्ञप्तीसहित
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम (विज्ञप्तीसहित
यौनधन्दा चलाउने यी दुई महिला यसरी परे प्रहरीको फन्दामा
यौनधन्दा चलाउने यी दुई महिला यसरी परे प्रहरीको फन्दामा
गोरखामा बाबुराम पछि परे, कति–कति मत ?
गोरखामा बाबुराम पछि परे, कति–कति मत ?
सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने
सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने
काठमाडौँमा ४०८ सहित देशैभर १०४१ जनालाई कोरोना संक्रमण पुष्टि
काठमाडौँमा ४०८ सहित देशैभर १०४१ जनालाई कोरोना संक्रमण पुष्टि
प्रचण्डलार्इ गम्भीर बनाउने अाेलीकाे याे ट्वीट, जस्ले पार्टी एकतामा धक्का पुग्न सक्छ !
ताराखोलामा श्रम रोजगार बैंक
ताराखोलामा श्रम रोजगार बैंक
सुनकोशी र तामाकोशी आसपासमा बस्तीमा सुरक्षित रहन आग्रह
सुनकोशी र तामाकोशी आसपासमा बस्तीमा सुरक्षित रहन आग्रह
कम्बोडियामा सीपीसीको एकल बहुमत, हुन सेनका छोरा प्रधानमन्त्री बन्दै
कम्बोडियामा सीपीसीको एकल बहुमत, हुन सेनका छोरा प्रधानमन्त्री बन्दै