वडाध्यक्षलाई मोटरसाइकल बाँड्न २२ लाख ५० हजार रकम विनियोजन

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ९, २०७४
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  • सुर्खेतको चौकुने गाउँपालिकाले वडाध्यक्षलाई मोटरसाइकल बाँड्ने भएको छ ।
  • मोटरसाइकल खरिद गर्न चौकुने गाउँपालिकाले २२ लाख ५० हजार रकम विनियोजन गरेको छ ।
  • गाउँपालिकाले केन्द्रबाट ३० करोड ९५ लाख बजेट पाएको छ ।

सुर्खेतको चौकुने गाउँपालिकाले वडाध्यक्षलाई मोटरसाइकल बाँड्ने भएको छ ।

मोटरसाइकल खरिद गर्न चौकुने गाउँपालिकाले २२ लाख ५० हजार रकम विनियोजन गरेको छ । गाउँपालिकाले केन्द्रबाट ३० करोड ९५ लाख बजेट पाएको छ । आन्तरिक स्रोतबाट १० लाख जुटाउने योजना बनाएको गाउँपालिकाले मोटरसाइकल खरिदका लागि २२ लाख छुट्याएको हो ।

गाउँपालिका कार्यालयमा मोटरसाइकल खरिद गर्न १० लाख र वडा कार्यालयमा मोटरसाइकल खरिद गर्न १२ लाख ५० हजार रकम छुट्याइएको छ । सहजताका लागि मोटरसाइकल खरिद गर्न लागिएको गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए । एम्बुलेन्स समेत नभएको गाउँपालिकामा वडाध्यक्षलाई मोटरसाइकल किन्ने निर्णय भएको भन्दै स्थानीयले भने बिरोध जनाएका छन् ।

स्थानीय किरण विसीले विरामी हुँदा समयमै उपचार नपाएर मृत्यु हुनुपर्ने बाध्यता रहेको गाउँपालिकामा एम्बुलेन्स खरिद नगरी मोटरसाइकल खरिदका लागि मात्रै २२ लाख ५० हजार रकम छुट्याइएको भन्दै यस्तो निर्णय सच्याउनु पर्ने माग गरेको बताए ।

तर, गाउँपालिका अध्यक्ष शाहीले भने एम्बुलेन्स नहुनुसँग मोटरसाइकल खरिदको सम्बन्ध नभएको तर्क गरे । ‘सार्वजनिक यातायातबाट काम गर्न सम्भव छैन,’ उनले भने, ‘कर्मचारीलाई एम्बुलेन्सले काम गर्दैन, त्यसैले मोटरसाइकल किन्न लागिएको हो ।’

१० वटा वडा मध्ये सवारी साधान नभएका वडाले मोटरसाइकल किन्ने उनले बताए । साथै गाउँपालिका कार्यालयका लागि पनि मोटरसाइकल खरिद गर्ने निर्णय भएको छ ।
अन्नपूर्ण पोस्ट बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?