वर्षभरका दुर्घटनामा १०४ को मृत्यु , ३३ हजार ८ सय ८३ सवारी कारबाहीमा
सारांश
- श्रावण १२, २०७४- सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बर्सेनि बढ्दै गएको छ।
- साँघुरो, जीर्ण सडक र चालकको लापरबाहीले सवारी दुर्घटना बढेको हो।
- आर्थिक वर्ष ०७३/७४ मा ४ सय ७४ दुर्घटनामा १ सय ४ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी मोरङको तथ्यांकले जनाएको छ।
श्रावण १२, २०७४- सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बर्सेनि बढ्दै गएको छ। साँघुरो, जीर्ण सडक र चालकको लापरबाहीले सवारी दुर्घटना बढेको हो।
आर्थिक वर्ष ०७३/७४ मा ४ सय ७४ दुर्घटनामा १ सय ४ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी मोरङको तथ्यांकले जनाएको छ। दुर्घटनामा २ बालिका, ९ बालक, १४ महिला र ७९ पुरुषको मृत्यु भएको हो। २ सय ९० जना गम्भीर घाइते र ५ सय ३५ सामान्य घाइते भएका छन्। यस अवधिमा ६ सय ६९ सवारी दुर्घटनामा परेका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया