विवादास्पद सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १०, २०८२
|
|
८८ पटक हेरिएको
Shares
विवादास्पद सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

सारांश

  • एमाले केन्द्रीय कार्यालयस्रोतका अनुसार शनिवार शेयर कारोबारी दीपेन्द्र अग्रवालसहितका उद्योग व्यवसायीको पार्टी प्रवेश कार्यक्रम छ ।
  • ओली उक्त कार्यक्रमका प्रमुख अतिथि हुन् ।
  • कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलको प्राङ्गणमा आयोजित हुनेछ ।
एमाले केन्द्रीय कार्यालयस्रोतका अनुसार शनिवार शेयर कारोबारी दीपेन्द्र अग्रवालसहितका उद्योग व्यवसायीको पार्टी प्रवेश कार्यक्रम छ । ओली उक्त कार्यक्रमका प्रमुख अतिथि हुन् । कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलको प्राङ्गणमा आयोजित हुनेछ ।
गत साउन ५ र पुस ४ मा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनले चलाउने गरेका १५ वटा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) खातामार्फत आफैँ खरिद गर्ने र आफैँले बिक्री गरी सेयर मूल्य बढाउने आरोपमा पक्राउ परेका थिए । सेयर मूल्य निश्चित तहमा पुर्याएपछि उनले सेयर बिक्री गर्थे । आफैँ खरिद गर्ने र आफैँले बिक्री गर्ने क्रममा धितोपत्र ब्रोकरसँग लिनुपर्ने पैसा असुल गर्ने गरेको प्रहरीले जनाएको थियो । उनले तिर्नुपर्ने पैसा नतिरेपछि पीडितले धितोपत्र बोर्डमा उजुरी गरेका थिए ।
दोस्रोपटक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पुस ४ मा पक्राउ गरेको थियो। १४ गते काठमाडौं जिल्ला अदालतले ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटीमा छुटेका थिए ।
यो खबर सामाजिक सञ्जाल लगायत विभिन्न राष्ट्रिय सञ्चारमाध्यमहरूमा प्रकाशित समाचारहरूको आधारमा तयार पारिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किरात समुदायको महान् पर्व साकेला शुरू
किरात समुदायको महान् पर्व साकेला शुरू
कोरोना भाइरसको सम्पूर्ण लक्षणविरुद्व सिनोफार्मद्वारा निर्मित खोप प्रभावकारी
कोरोना भाइरसको सम्पूर्ण लक्षणविरुद्व सिनोफार्मद्वारा निर्मित खोप प्रभावकारी
अस्पतालबाटै गरे प्रधानमन्त्रीले कामकाे थालनी !
अस्पतालबाटै गरे प्रधानमन्त्रीले कामकाे थालनी !
चुनावपछि एमालेसँगको गठबन्धन तोड्ने प्रचण्डको  रणनीति !
चुनावपछि एमालेसँगको गठबन्धन तोड्ने प्रचण्डको रणनीति !
राेचक: आफ्नै पेस्तोलबाट चलेको गोलीले लागेर युवक नपुसंक भएपछि…
राेचक: आफ्नै पेस्तोलबाट चलेको गोलीले लागेर युवक नपुसंक भएपछि…
गैरनाफामूलक संस्थाको रुपमा दर्ता भई सिण्डिकेटबाट नाफा कमाउने अधिकार छैन : गृहमन्त्री थापा
गैरनाफामूलक संस्थाको रुपमा दर्ता भई सिण्डिकेटबाट नाफा कमाउने अधिकार छैन : गृहमन्त्री थापा
बेवारिसे गाईको व्यवस्थापन नहुँदासम्म अन्न ग्रहण नगर्ने
बेवारिसे गाईको व्यवस्थापन नहुँदासम्म अन्न ग्रहण नगर्ने
गाउँ रित्तिदै गएकामा राष्ट्रपति पौडेल चिन्तित
गाउँ रित्तिदै गएकामा राष्ट्रपति पौडेल चिन्तित
सशस्त्र प्रहरीका १८८ जना सईमा बढुवा (नामावली सहित)
सशस्त्र प्रहरीका १८८ जना सईमा बढुवा (नामावली सहित)
कार्यशैली सुधार र सङघीयतामैत्री सोच हुनुपर्छ : मुख्य सचिव वैरागी
कार्यशैली सुधार र सङघीयतामैत्री सोच हुनुपर्छ : मुख्य सचिव वैरागी

तपाईंले छुटाउनुभयो कि?