विश्व क्रिकेट लिग च्याम्पियनसीप छनौटमा को परे को बाहिरिए ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १०, २०७३
|
|
५३९ पटक हेरिएको
Shares
विश्व क्रिकेट लिग च्याम्पियनसीप छनौटमा को परे को बाहिरिए ?

सारांश

  • विश्व क्रिकेट लिग च्याम्पियनसीपको तयारीका लागि भारत भ्रमणमा जाने १९ खेलाडी छनौट भएका छन् भने  ५ क्रिकेटर भने बाहिरिएका छन् ।
  • बाहिरिनेमा अमित श्रेष्ठ, सुसन भारी, कुसल भुर्तेल विक्रम सोव र दिपेश श्रेष्ठ छन् ।
  • १९ खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल छन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसीपको तयारीका लागि भारत भ्रमणमा जाने १९ खेलाडी छनौट भएका छन् भने  ५ क्रिकेटर भने बाहिरिएका छन् ।

बाहिरिनेमा अमित श्रेष्ठ, सुसन भारी, कुसल भुर्तेल विक्रम सोव र दिपेश श्रेष्ठ छन् ।

१९ खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल छन् । यद्यपि पारस भारत जाने छैनन् ।

आरिफ शेख र आसिफ शेख दाजुभाइ पनि टोलीमा परेका छन् । यस्तै दिपेन्द्र सिंह ऐरीसँगै दिलिपनाथ, सुनिल धमला टोलीमा जादै छन् ।

टोलीका अन्य सदस्यहरुमा मेहबबु आलम, करण केसी, सागर पुन, भुवन कार्की, शक्ति गौचन, अभिनाश कर्ण, सोमपाल कामी, सुनिल धमला, बसन्त रेग्मी, राजेश पुलामी मगर, विनोद भण्डारी र सन्दिप लामिछाने रहेका छन् ।

नेपाली टोली शुक्रबार भारत जानेछ र एक सातासम्म नोयडामा अभ्यास गर्नेछ । त्यसक्रममा नेपालले तीन अभ्यास म्याच खेल्नेछ।

दिल्लीबाट फर्किएपछि चार बैकल्पिकसहित १८ सदस्यीय टोली घोषणा हुनेछ, जसले फागुन २८ र ३० मा कीर्तिपुरमा हुने केन्याविरुद्धको खेल खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?