सवारी साधनको यान्त्रिक परीक्षण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ४, २०७९
|
|
४२ पटक हेरिएको
Shares
सवारी साधनको यान्त्रिक परीक्षण

सारांश

  • लहान ।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले चालक तथा परिचालकको स्वास्थ्य परीक्षण र सवारीसाधनको यान्त्रिक जाँचसहितको दुर्घटना न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।
  • आज भएको एक दिवसीय कार्यक्रममा प्रादेशिक अस्पताल लहान र सगरमाथा चौधरी आँखा अस्पतालका प्रविधिकको सहयोगमा ट्राफिक प्रहरीले सवारी चालकको स्वास्थ्य अवस्थाबारे जाँच अभियान सञ्चालन गरेको हो ।

लहान । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले चालक तथा परिचालकको स्वास्थ्य परीक्षण र सवारीसाधनको यान्त्रिक जाँचसहितको दुर्घटना न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

आज भएको एक दिवसीय कार्यक्रममा प्रादेशिक अस्पताल लहान र सगरमाथा चौधरी आँखा अस्पतालका प्रविधिकको सहयोगमा ट्राफिक प्रहरीले सवारी चालकको स्वास्थ्य अवस्थाबारे जाँच अभियान सञ्चालन गरेको हो ।

सिरहा जिल्लामा पछिल्लो समय सवारीसाधनको दुर्घटनाबाट मानिसको ज्यान जाने क्रम बढ्दै गएको देखिएको छ । दिनहुँजसो सवारी दुर्घटना हुने गरेको छ । लहानमा गत माघ २८, २९ र फागुन १ गते भएको तीन दुर्घटनामा मात्र पाँच जनाको मृत्यु भएको थियो । यसरी दिनानुदिन बढ्दै गएको सवारी दुर्घटनाको रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्ने उद्देश्य राखी जनचेतनामूलक कार्यक्रम राखिएको प्रहरी निरीक्षक एवं सिरहा जिल्ला ट्राफिक प्रहरी प्रमुख टुपेन्द्र श्रेष्ठले बताए ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराई दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको अवस्था तथा सवारी चालकको स्वास्थ्यसमेत राम्रो हुनुपर्ने बताउँछन् । उनले भने, “सवारी दुर्घटना नियन्त्रण गर्नका लागि ट्राफिक प्रहरीको भूमिकामात्रै पर्याप्त हुँदैन । यसका लागि आम नागरिक तथा सवारीसँग सम्बन्धित सवारी चालक, सवारी परिचालक, यातायात व्यवस्था कार्यालय, सडक विभागजस्ता विभिन्न ‘स्टेक होल्डर’हरूको हातेमालो आवश्यक छ ।”

ट्राफिक प्रहरीले यस्ता जनचेतनामूलक कार्यक्रम समय–समयमा सञ्चालन गर्दा सवारीको दुर्घटना न्यूनीकरणका लागि अत्यन्त प्रभावकारी हुने बताउँछन् लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरी । “जनचेतनाको कारणले पनि हाम्रा युवाहरूको संरक्षण र नियम, कानूनभित्र बसेर सवारी चलाउन उत्प्रेरणा वृद्धि हुनेछ”, उनले भने ।

सवारीसाधन ठीक अवस्थामा छ कि छैन, मानव स्वास्थ्य पनि कस्तो अवस्थामा छ भन्ने कुरा जान्नुपर्ने बताउँछन् नेपाल यातायात व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हरिनारायण यादव । त्यस्तै लहान–१ का सिटी सफारी चालक रामकुमार साह ट्राफिक प्रहरीले यस प्रकारको जाँच गरिदिँदा आफूहरूलाई अत्यन्त खुसी लागेको र यसले चालकमा जनचेतना पनि अभिवृद्धि भएको बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहाल भन्छन् : भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ
प्रधानमन्त्री दाहाल भन्छन् : भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ
प्रदेश नम्बर २ को राजधानी जनकपुर बनाउने सहमति
प्रदेश नम्बर २ को राजधानी जनकपुर बनाउने सहमति
प्रधानमन्त्री ओली बालकोट पुगेर भने :अब अढाई वर्षपछि स्थायी रुपमा बस्नेगरि आउँछु
प्रधानमन्त्री ओली बालकोट पुगेर भने :अब अढाई वर्षपछि स्थायी रुपमा बस्नेगरि आउँछु
मुर्ति चोरीमा संलग्नलाई २० लाख विगो सहित दुई वर्ष कैद
अख्तियारकै आयुक्त पाठकले घुस लिएको भिडियो आएपछि…
अख्तियारकै आयुक्त पाठकले घुस लिएको भिडियो आएपछि…
विप्लव समूहका कार्यकर्तामाथि सार्वजनिक मुद्दा
विप्लव समूहका कार्यकर्तामाथि सार्वजनिक मुद्दा
कांग्रेसमा उपसभापति नछाड्ने श्रेष्ठको दाबी
कांग्रेसमा उपसभापति नछाड्ने श्रेष्ठको दाबी
मन्त्री नै सरकारको विरोधमा, दिए कडा अभिव्यक्ति
मन्त्री नै सरकारको विरोधमा, दिए कडा अभिव्यक्ति
निर्वाचनका प्रचारप्रसार सामग्री हटाउन निर्देशन
निर्वाचनका प्रचारप्रसार सामग्री हटाउन निर्देशन
खानेपानी मन्त्रालयको प्रगति विवरणः देशैभरि सम्पन्न भए ५ सय ४५ वटा आयोजना
खानेपानी मन्त्रालयको प्रगति विवरणः देशैभरि सम्पन्न भए ५ सय ४५ वटा आयोजना