२८ अर्ब रुपैयाँ खर्च हुदा पनि चार सय २० मात्र घर निर्माण

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३, २०७४
|
|
५३५ पटक हेरिएको
Shares
२८ अर्ब रुपैयाँ खर्च हुदा पनि चार सय २० मात्र घर निर्माण

सारांश

  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट भूकम्पपीडितको निजी आवास निर्माणमा झन्डै २८ अर्ब रुपैयाँ खर्च भएको छ ।
  • तर, गैरसरकारी संस्थामार्फत वितरित अनुदानबाट मात्र चार सय २० भूकम्पपीडितले घर निर्माण सकेर छानो लगाएका छन् ।
  • प्राधिकरणको २४ चैतसम्मको विवरणमा भूकम्पपीडितको निजी आवास निर्माणमा मात्रै गैरसरकारी संस्थाको सहित २७ अर्ब ७३ करोड ११ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट भूकम्पपीडितको निजी आवास निर्माणमा झन्डै २८ अर्ब रुपैयाँ खर्च भएको छ । तर, गैरसरकारी संस्थामार्फत वितरित अनुदानबाट मात्र चार सय २० भूकम्पपीडितले घर निर्माण सकेर छानो लगाएका छन् ।

प्राधिकरणको २४ चैतसम्मको विवरणमा भूकम्पपीडितको निजी आवास निर्माणमा मात्रै गैरसरकारी संस्थाको सहित २७ अर्ब ७३ करोड ११ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । निजी आवास निर्माण कार्यविधिअनुसारको तीनै किस्ता जम्मा चार सय २० घरपरिवारले बुझेका हुन् । चालू आर्थिक वर्षमा पुनर्निर्माणका लागि एक खर्ब आठ अर्ब विनियोजन भएको छ ।

आवास निर्माणका लागि तीन किस्तामा तीन लाख रुपैयाँ दिने प्राधिकरणको कार्यविधि छ । घरको जगका लागि पहिलो किस्ता ५० हजार, घरको गारो लगाएपछि दोस्रो किस्ताको एक लाख ५० हजार र छाना लगाउन अन्तिम किस्ताको एक लाख रुपैयाँ दिने कार्यविधि छ ।

प्राधिकरणका प्रवक्ता यमलाल भुसालले तेस्रो किस्ता बुझ्ने कम भए पनि निराशालाग्दो अवस्था नरहेको दाबी गरे ।

पहिलो र दोस्रो किस्ताको रकम धेरै निकासा भएकाले खर्च विवरण धेरै देखिएको प्राधिकरणले जनाएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लाका ५ लाख ४२ हजार ५ सय ४५ परिवारले पहिलो किस्ता ५० हजार रुपैयाँ लगेको प्राधिकरणको विवरण छ । पहिलो किस्तामा २७ अर्ब १२ करोड ७२ लाख ५० हजार रुपैयाँ खर्च भएको तथ्यांक छ । नयाँ पत्रिका दैनिकका अनुसार, प्राधिकरणबाट २६ अर्ब ७० करोड २६ लाख ५० हजार र गैरसरकारी संस्थाबाट ४२ करोड ४६ लाख रुपैयाँ वितरण भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन, पूर्व–पश्चिमको हो: प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता
सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन, पूर्व–पश्चिमको हो: प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता
को को बन्दै माओवादी बाट  मन्त्री (नामसहित)
को को बन्दै माओवादी बाट मन्त्री (नामसहित)
आइसक्रिम चाटेर स्टोरमा राख्ने महिलालाई २० बर्षको जेल सजाए
आइसक्रिम चाटेर स्टोरमा राख्ने महिलालाई २० बर्षको जेल सजाए
Currency trading – Precisely what are Virtual Foreign currencies?
बुद्धले संघ निर्माण गर्नु अघि नै बुद्धको शरणमा आउने दुई बर्मेली दाजुभाई
बुद्धले संघ निर्माण गर्नु अघि नै बुद्धको शरणमा आउने दुई बर्मेली दाजुभाई
त्रिभुवन विमानस्थलमा यतिको जहाज चिप्लियो, केही यात्रु सामान्य घाइते, विमानस्थलमा उडान अवतरण बन्द
त्रिभुवन विमानस्थलमा यतिको जहाज चिप्लियो, केही यात्रु सामान्य घाइते, विमानस्थलमा उडान अवतरण बन्द
देउवा नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे राप्रपाभित्र विवाद
देउवा नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे राप्रपाभित्र विवाद
पोलिटेक्निक इन्स्टिच्युटमा पढाई शुरु
पोलिटेक्निक इन्स्टिच्युटमा पढाई शुरु
‘छातिमा लगाउँछु’मा रेखा र तुफानको मष्ति (भिडियोसहित)
‘छातिमा लगाउँछु’मा रेखा र तुफानको मष्ति (भिडियोसहित)
अन्तत: निहारिकाको छोरा र शिवराजको डिएनए मिल्यो
अन्तत: निहारिकाको छोरा र शिवराजको डिएनए मिल्यो

तपाईंले छुटाउनुभयो कि?