​ प्रचण्ड सरकार विरुद्ध बुटवलमा जनलहर….

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १७, २०७३
|
|
१८४ पटक हेरिएको
Shares
​ प्रचण्ड सरकार विरुद्ध बुटवलमा जनलहर….

सारांश

  • सरकारले ५ नम्बर प्रदेश टुक्राउने गरी संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने मागसहित बुटवलका सडकमा ठुलो जनलहर उत्रिएको छ ।
  • नेताहरु मात्र नभइ उद्योगी व्यवसायीले समेत जुलुस गरेका छन् ।
  • जिल्लास्थित व्यवसायी सञ्जालको नेतृत्वमा बुटवलको राजमार्ग चौराहा, बसपार्क र पुष्पलाल पार्कलगायतका स्थानबाट जुलुस निस्किएको थियो ।

सरकारले ५ नम्बर प्रदेश टुक्राउने गरी संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने मागसहित बुटवलका सडकमा ठुलो जनलहर उत्रिएको छ । नेताहरु मात्र नभइ उद्योगी व्यवसायीले समेत जुलुस गरेका छन् । जिल्लास्थित व्यवसायी सञ्जालको नेतृत्वमा बुटवलको राजमार्ग चौराहा, बसपार्क र पुष्पलाल पार्कलगायतका स्थानबाट जुलुस निस्किएको थियो । उद्योगी, व्यवसायी, यातायात व्यवसायी, निजी शिक्षण संस्था सञ्चालकहरु राष्ट्रिय झन्डासहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले प्रदेश नं. ५ लाई विभााजन गरेर पहाड र तराईको सदियौँदेखिको मर्म सद्भाब र सम्बन्ध तोडन खोजेको भन्दै यसो नगर्न प्रचण्ड सरकारलाई चेतावनी दिएका थिए । जिल्लाका व्यावसायिक संस्था व्यापार सङ्घ, उद्योग सङ्घ, बुटवल उद्योग वाणिज्य सङ्घ, पश्चिम नेपाल बस व्यवसायी सङ्घ, ट्रक व्यवसायी समिति, जिप समिति, होटल तथा रेस्टुराँ व्यवसायी सङ्घ, रिक्सा व्यवसायी समितिलगायत करिब दुईदर्जन व्यवसायीले जुलुसको प्रतिनिधित्व गरेका थिए । जुलुसपछि आयोजित सभामा रुपन्देही व्यापार सङ्घका अध्यक्ष मोतिलाल पाण्डेले प्रादेशिक हिसाबले सबैभन्दा शान्त रहेको यस क्षेत्रमा जनचाहना विपरित सरकारले तराई र पहाड विभाजन गरेर अशान्ति निम्त्याएको बताए । उनले यस क्षेत्रमा पहाड र तराईको सदियौंदेखि घिउ र नुनको सम्बन्धलाई तोडने गरी ल्याइएको संविधान संशोधन विधेयक कदापि स्वीकार्न नसकिने बताए ।
butwal-janalahar3
बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष महेशमान सिंहले सरकाले यो प्रदेशलाई पहाड र तराईमा विभाजन गरेर जनतालाई जबर्जस्ती आन्दोलित बनाएकाले तत्काल फिर्ता गर्न माग गरे । रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिनेशराज रेग्मीले सरकारले यो प्रस्ताव फिर्ता नगरेसम्म आन्दोलन नरोकिने बताए । प्रदेश विभाजनको विरोधमा तीन दिनदेखि बन्द भएका यहाँका उद्योग, व्यवसाय, शिक्षण संस्था, यातायात सेवा आज पनि पूर्णरुपले बन्द छन् । बन्दका कारण पूर्व–पश्चिम राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी साधन ठप्प छ । बुटवलमा एमालेको नेतृत्वमा कांग्रेस तथा माओवादी केन्द्रकै सांसदहरु मिलेर संविधान संशोधनविरुद्ध शक्ति प्रदर्शन गरेका थिए ।
janalahar-44

समिप गौतम
शिखरन्युज सम्पादाता

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक यातायातमा दुव्र्यवहार भएमा सहेर नबस्न चन्दको आग्रह
सार्वजनिक यातायातमा दुव्र्यवहार भएमा सहेर नबस्न चन्दको आग्रह
औद्योगिक विकास निगममा १६ वर्षदेखि ताला
औद्योगिक विकास निगममा १६ वर्षदेखि ताला
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने फरार प्रतिवादी पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने फरार प्रतिवादी पक्राउ
विजयका उम्मेदवारलाई कडा मिहिनेत गर्नुपर्छ : केन्द्रीय सदस्य साउद
नयाँ बसपार्कबाट ३२ महिला, ३७ पुरुष र ४ तेस्रोलिङ्गी पक्राउ
नयाँ बसपार्कबाट ३२ महिला, ३७ पुरुष र ४ तेस्रोलिङ्गी पक्राउ
अाज विश्व मुटु दिवस मनाईंदै
अाज विश्व मुटु दिवस मनाईंदै
नीति कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित : प्रधानमन्त्री दाहाल
नीति कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित : प्रधानमन्त्री दाहाल
Priyanka Chopra goes on a dinner date with rumoured boyfriend Nick and mother on a dinner date, see pics
Priyanka Chopra goes on a dinner date with rumoured boyfriend Nick and mother on a dinner date, see pics
गोंगबुमा हत्या गरी शव टुक्रा पारेर फाल्ने कल्पनालाई आजीवन कारावासको सजाय, नाबालिक छोरीलाई सफाई
काठमाडौँमा रोबोटले खाना टक्राउने रेष्टुरेन्ट
काठमाडौँमा रोबोटले खाना टक्राउने रेष्टुरेन्ट