रेफ्रीले नेपालको गोल दिन अस्वीकार गरेपछि तनाव

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ११, २०८१
|
|
५३ पटक हेरिएको
Shares
रेफ्रीले नेपालको गोल दिन अस्वीकार गरेपछि तनाव

सारांश

  • काठमाडौँ ।
  • नेपाल र भारतबीचको साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा तनाव भएको छ ।
  • खेलमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता दिन अस्वीकार गरेपछि नेपाली खेलाडीहरुले विरोध गरिरहेका छन् ।

काठमाडौँ । नेपाल र भारतबीचको साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा तनाव भएको छ ।

खेलमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता दिन अस्वीकार गरेपछि नेपाली खेलाडीहरुले विरोध गरिरहेका छन् । खेलमा भारतले खेलको ७०औ मिनेटमा गोल गरेर १-० को अग्रता लिएको थियो । त्यसपछि खेल शुरु भएपछि नेपालले लगतै गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि नेपालले विरोध गरेको छ । अहिले खेल अवरुद्ध भएको छ र रेफ्रीहरु छलफलमा रहेका छन् ।

रेफ्रीले खेल फेरी शुरु गर्न खोजेपछि नेपालले गोलको मान्यता नदिएको भन्दै विरोध गरिरहेको छ ।

यसअघि पहिलो हाफमा पनि रेफ्रीले नेपालले पेनाल्टी क्षेत्रमा भएको ह्याण्ड बल दिन अस्वीकार गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?