आज नेपाल फर्किदै पूर्वराजा ज्ञानेन्द्रः किन बसे दुई हप्तासम्म भारत ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
५० पटक हेरिएको
Shares
आज नेपाल फर्किदै पूर्वराजा ज्ञानेन्द्रः किन बसे दुई हप्तासम्म भारत ?

सारांश

  • काठमाडौं, ५ फागुन ।
  • दुई हप्ताअघि भारत पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह भारतबाट शनिबार अपरान्ह काठमाडौं फर्कदैछन् ।
  • शाह भ्रमण सकेर कलकत्ताबाट इन्डियन एयरलाइन्सको उडानबाट अपरान्ह ३ बजे काठमाडौं आउँदैछन् ।

काठमाडौं, ५ फागुन । दुई हप्ताअघि भारत पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह भारतबाट शनिबार अपरान्ह काठमाडौं फर्कदैछन् । शाह भ्रमण सकेर कलकत्ताबाट इन्डियन एयरलाइन्सको उडानबाट अपरान्ह ३ बजे काठमाडौं आउँदैछन् ।

पूर्वराजा शाहको भारत भ्रमण सफल भएको स्रोतले जनाएको छ । यसबारे विमानस्थलमा पूर्वराजाले केही बोल्न सक्ने स्रोतले संकेत गरेको छ । भारत उड्ने क्रममा पूर्वराजा शाहले ‘रुखमा पात फेरिए पनि जरा फेरिँदैन’ भन्दै राजसंस्था जिवितै रहेको संकेत दिएका थिए ।

पछिल्लो समय राजनीतिक अभिव्यक्ति दिँदै आएका शाहको भारत यात्रालाई अर्थपूर्ण रुपमा हेरिएको छ । धार्मिक यात्राको आवरण भए पनि यसमा राजनीतिक मिसन पनि हुनसक्ने अनुमान गरिएको छ ।

भारतमा रहँदा पूर्वराजा शाहले त्यहाँ धार्मिक गुरुहरु तथा राजनीतिक व्यक्तिहरुसँग समेत भेटवार्ता गरेको बताइएको छ । जगद्गुरु शंकराचार्य स्वामी स्वरूपानंद सरस्वतीको पट्टाभिषेक महोत्सवमा सहभागी भएका पूर्वराजा शाहलाई राजाकै हैसियतमा गर्भगृहमा प्रवेश गराइएको थियो ।

त्यहाँको जमघट र भेटघाटमार्फत नेपालमा हिन्दु राज्यको पुनरस्थापनाका लागि पनि पहल गरिएको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?