‘इन्टु मिन्टु लण्डनमा’ अघिअघि !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
१७ पटक हेरिएको
Shares
‘इन्टु मिन्टु लण्डनमा’ अघिअघि !

सारांश

  • काठमाडाैं, ७ असाेज ।
  • यसै शुक्रबार देखि प्रदर्शनमा अाएका चलचित्र बाँध मायाले, धूम३ र इन्टु मिन्टु लण्डनमा मध्ये इन्टु मिन्टु लण्डनमाले अाक्रामक सुरुवात गरेकाे छ ।
  • प्रेमकथामा आधारित याे चलचित्र विशेषगरी युवायुवती बढी रुचाएका छन् ।

काठमाडाैं, ७ असाेज । यसै शुक्रबार देखि प्रदर्शनमा अाएका चलचित्र बाँध मायाले, धूम३ र इन्टु मिन्टु लण्डनमा मध्ये इन्टु मिन्टु लण्डनमाले अाक्रामक सुरुवात गरेकाे छ । प्रेमकथामा आधारित याे चलचित्र विशेषगरी युवायुवती बढी रुचाएका छन् । साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर जाेडीका रुपमा देखिएका याे चलचित्रले रिलिज अघि पनि निकै चर्चा कमाइसकेकाे थियाे ।

निर्देशक रेनशा वान्तवा राइका अनुसार शनिबारको देश भरिको व्यापार करिब १ करोड बराबर भएको थियो । शनिबार देशैभरका इन्टु मिन्टु लण्डनमा लागेका मल्टिप्लेक्स र सिंगल हल हाउफूल भएका थिए । आइतबार भने चलचित्रलाई बन्दको केही प्रभाव परेको बुझिएको छ । चलचित्रको व्यापारलाई लिएर निर्देशक राइ तथा मुख्य कलाकार धिरज, साम्राज्ञी र सारुक पनि उत्साहित छन् ।

निर्देशक राइ चलचित्रका मुख्य ३ कलाकारलाई साथमालिएर उपत्यकाका विभिन्न हलमा पुगेकी थिइन् । कलाकारको साथमै बसेर चलचित्र हेर्न पाउँदा दर्शकहरुले समेत खुशी देखिन्थे ।

बाँध मायाले

यही शुक्रबारबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो बाँध मायाले ।

रिलिजअघि चलचित्रको जति चर्चा थियो, रिलिजपछि भने त्यो कायम हुन सकेन । चलचित्र बाँध मायाले ले भने सामान्य व्यापार गरेको छ ।
सविर श्रेष्ठले निर्देशन गरेको चलचित्र बाँध मायाले इन्टु मिन्टु लण्डनमाकै चेपुवामा परेको छ भन्दा फरक नपर्ला । चलचित्रका गीत संगीतले दर्शकको मन राम्रै जितेको थिायो ।

चलचित्रको मलाइ मुटु हुनु छ तिम्रो बोलको गीतलाइ दर्शकले मन पराएका थिए । चलचित्रमा आर्यन अधिकारी, सृष्टि श्रेष्ठ, किसोर खड्कालगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

धूम ३

त्यस्तै त्यसै दिनबाट प्रदर्शनमा आएको चलचित्र हो धूम ३ । अन्य २ चलचित्रको तुलनामा प्रचार प्रसारमा पनि पछाडि देखिएको थियो यो चलचित्र ।

तर निर्माण युनिटले भने हल सञ्चालकहरुले आफ्नो चलचित्रलाई वास्ता नगरेको आरोप लगाएका छन् । जयकिसन बस्नेतको निर्देशन, लेखन र निर्माण रहेको चलचित्र ‘धुम ३’ मा अलिना रायमाझी, जयकिसन बस्नेत, प्रज्वल गिरी, लय संग्रौला, सोभित बस्नेत, उत्तम केसी, सुरविर पण्डित, सिम्रन कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?