मै छोरी अप्जसी (कविता)

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
३२ पटक हेरिएको
Shares
मै छोरी अप्जसी (कविता)

सारांश

  • मै छोरी अप्जसी जे गर्‍यो त्येही गाल काम लागे भांडो नलागे चांही फाल।
  • नबोलूं भने लाटी घुसघुसे बोलूं त हजुर छुसी दुर्मुखे नहांसूं भने कालान्द्री रुन्ची हासूं त हजुर बेस्या पातर्नी मै छोरी अप्जसी जे गर्‍यो त्येही गाल।
  • नखाऊं भने ठगुवा तुही खांऊं त हजुर लोभी घिचुवी नलाऊं भने बैज्जती पाखी लाऊं त हजुर नक्कली स्वांगी मै छोरी अप्जसी जे गर्‍यो त्येही गाल।

मै छोरी अप्जसी जे गर्‍यो त्येही गाल
काम लागे भांडो नलागे चांही फाल।

नबोलूं भने लाटी घुसघुसे
बोलूं त हजुर छुसी दुर्मुखे
नहांसूं भने कालान्द्री रुन्ची
हासूं त हजुर बेस्या पातर्नी
मै छोरी अप्जसी जे गर्‍यो त्येही गाल।

नखाऊं भने ठगुवा तुही
खांऊं त हजुर लोभी घिचुवी
नलाऊं भने बैज्जती पाखी
लाऊं त हजुर नक्कली स्वांगी
मै छोरी अप्जसी जे गर्‍यो त्येही गाल।

दया नराखी जे गाली गर
घर्ती हो छोरी सहन्छु तर
म नै हुं सृष्टी संसार बांघ्ने
दुख र सास्ती मनैमा राख्ने
कर्मैले ठगेको भनेर पार्छौ दास
यै छोरी नभए रोकिन्छ तिम्रो सास।

(~एम सि सुमित~नयां क्षितिजको खोजी-२०६६,कविता सङग्रहबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?