उपत्यकामा होली विशेष सुरक्षा योजना, मापसे चेकिङमा कडाई

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २, २०७८
|
|
३५ पटक हेरिएको
Shares
उपत्यकामा होली विशेष सुरक्षा योजना, मापसे चेकिङमा कडाई

सारांश

  • महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा होलीका दिन विशेष सुरक्षा योजना लागू गर्ने भएको छ ।
  • होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउन उक्त योजना लागू गर्ने भएको हो ।
  • महाशाखाका अनुसार होलीका दिन ३ हजार ५०० भन्दा बढी प्रहरी र १ हजार ३०० ट्राफिक प्रहरी परिचालन गर्ने योजना रहेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा होलीका दिन विशेष सुरक्षा योजना लागू गर्ने भएको छ । होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउन उक्त योजना लागू गर्ने भएको हो । महाशाखाका अनुसार होलीका दिन ३ हजार ५०० भन्दा बढी प्रहरी र १ हजार ३०० ट्राफिक प्रहरी परिचालन गर्ने योजना रहेको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गर्न महाशाखाको भनाइ छ । उक्त योजना अन्तर्गत राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा ट्राफिक सुरक्षा जाँच कडा पारिने जनाएको छ।

मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तीव्र गतिमा चलाउने, जिकज्याक वा लापरवाहीका साथ सवारी चलाउने, हेल्मेट नलगाउने र ठूलो आवाज निकालेर मोटरसाइकल कुदाउनेलाई कारवाही गर्न विशेष जाँचको व्यवस्था मिलाएको महाशाखाले जनाएको छ ।

जसको लागि महाशाखाले ६८ ठाउँमा चेक प्वाइन्ट राख्नेछ। त्यहाँ मापसेदेखि सवारीको कागजपत्रलगायत चेक गरिनेछ। बिहानैदेखि मादक पदार्थ सेवन चेकिङ हुनेछ । त्यस्तै, मोटरसाइकलमा दुई जना भन्दा बढी मानिस बोकेर हिँड्नेलाई पनि प्रहरीको निशानामा पर्नेछन्।

गत वर्ष होली पर्वको बेला मात्र काठमाडौं उपत्यकामा ४७ सवारी दुर्घटनामा परेका थिए । गत वर्षको होलीमा होहल्ला गर्ने, उच्छृङ्खल गतिविधि गर्ने १९८ जनालाई नियन्त्रण लिइएको थियो । यो वर्ष त्यस्ता गतिविधि थप बढ्ने सक्नेतर्फ सचेत हुँदै सोही आधारमा सुरक्षा योजना तयार पारिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महालेखा भन्दा अख्तियार अगाडि
महालेखा भन्दा अख्तियार अगाडि
अमिताभ बच्चनकाे कर्यक्रम नेपालमा सुरू हुँदै  ! कर्यक्रम संचालक बने यि कलाकार
अमिताभ बच्चनकाे कर्यक्रम नेपालमा सुरू हुँदै ! कर्यक्रम संचालक बने यि कलाकार
साताको कारोबारको पहिलो दिन नेप्से २६४० विन्दुमा, नेपाल बैंकको सर्वाधिक कारोबार
काठमाडौँ र ललितपुरमा राप्रपा र एमालेबीच चुनावी तालमेल  : राप्रपा प्रवक्ता
काठमाडौँ र ललितपुरमा राप्रपा र एमालेबीच चुनावी तालमेल : राप्रपा प्रवक्ता
गृह मन्त्रालयले सीमा सुरक्षा कडा पार्न निर्देशन
गृह मन्त्रालयले सीमा सुरक्षा कडा पार्न निर्देशन
शीर्ष नेताद्वारा मतदान ; इलाम
शीर्ष नेताद्वारा मतदान ; इलाम
डा गोविन्द केसी छातीमा अत्याधिक दुखाइका करण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगीयाे
डा गोविन्द केसी छातीमा अत्याधिक दुखाइका करण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगीयाे
चुनाव अवलाेकनका लागि प्रमुख निर्वाचन आयुक्त मधेस झरे
चुनाव अवलाेकनका लागि प्रमुख निर्वाचन आयुक्त मधेस झरे
सर्वोच्चको प्रश्न– ‘लोकसेवाको विज्ञापन रद्द किन नगर्ने ?’
सर्वोच्चको प्रश्न– ‘लोकसेवाको विज्ञापन रद्द किन नगर्ने ?’
सिटीइभिटीको पाँच वर्षे रणनीतिक योजना निर्माण शुरु
सिटीइभिटीको पाँच वर्षे रणनीतिक योजना निर्माण शुरु

तपाईंले छुटाउनुभयो कि?