कोरोना संक्रमितको धौलागिरि अस्पतालमा उपचार हुँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १६, २०७६
|
|
२४ पटक हेरिएको
Shares
कोरोना संक्रमितको धौलागिरि अस्पतालमा उपचार हुँदै

सारांश

  • गलकाेट।
  • काेराेना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिकी १७ वर्षीया युवतीलाई धौलागिरि अञ्चल अस्पतालमा ल्याएर उपचार थालिएको छ।
  •  घरमै सेल्फ क्वारेन्टाइनमा बस्दै आएकी युवतीलाई कोरोना पुष्टि भएसंँगै अस्पतालको आइसोलेशन वार्डमा शनिबार भर्ना गराएर उपचार थालिएको   अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए।

गलकाेट। काेराेना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिकी १७ वर्षीया युवतीलाई धौलागिरि अञ्चल अस्पतालमा ल्याएर उपचार थालिएको छ।  घरमै सेल्फ क्वारेन्टाइनमा बस्दै आएकी युवतीलाई कोरोना पुष्टि भएसंँगै अस्पतालको आइसोलेशन वार्डमा शनिबार भर्ना गराएर उपचार थालिएको   अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए।

‘संक्रमित किशोरीको अवस्था सामान्य छ, आत्तिनु पर्ने अवस्था होइन,’ डा पोखरेलले भन्नुभयो, ‘स्वाथ्यकर्मीकै प्रत्यक्ष निगरानीमा आइसोलेशनमा राखेका छौंँ, दैनिक रिपोर्ट लिन्छौँ, परिवारका सदस्यलाई यसअघि नै सेल्फ क्वारेन्टाइनमा बस्न भनिसकेका थियौँ, त्यस्तो लक्षण समस्या देखिए परिवारका सदस्यको पनि स्वाब परीक्षण गर्नेछौँ।’
यही चैत १२ गते बागलुङ नगरपालिकाको विशेष पहलमा धौलागिरि अस्पतालका स्वास्थ्यकर्मीको टोलीले घरमै पुगेर नमुना संकलन गरेको थियो। ती युवतीले शुरुमा आफूलाई सामान्य ज्वरो आएको तर कठिन नभएकाले स्वास्थ्य परीक्षणसमेत गर्न आनाकानी गर्दै आएकी थिइन्। नमूना संकलन गरेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँ पठाइएको स्वाब परीक्षणमा शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो।
बेल्जियममा आमा रहेकाले दुई महिना घुमेर उनी चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन्। त्यही विमानमा आएकी १९ वर्षीया काठमाडौँकी युवतीमा कोरोना भाइरसको संक्रमण भएको  चैत १० गते पुष्टि भएको थियो। त्यसपछि सँगै सवार बागलुङका यिनै किशोरीसहित अन्य तीन जनाको समेत खोजी भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वायु प्रदूषण- नेपाल विश्वकै पाँच खराब मुलुकभित्र
वायु प्रदूषण- नेपाल विश्वकै पाँच खराब मुलुकभित्र
एक महिने गुँला पर्व अाज देखि सुरु !
एक महिने गुँला पर्व अाज देखि सुरु !
कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप विकास गर्न १८ महिना लाग्ने
भूइँबाट उठेका गायक दुर्गेश थापा
भूइँबाट उठेका गायक दुर्गेश थापा
१५ वर्ष जेल जीवन बिताएका रामचन्द्र पौडेल अन्ततः देशको अभिभावक
१५ वर्ष जेल जीवन बिताएका रामचन्द्र पौडेल अन्ततः देशको अभिभावक
उत्तराधिकारी बन्ने गगनको दाउ, देउवालाई अगाडि राखेर शेखरविरुद्ध खनिए
उत्तराधिकारी बन्ने गगनको दाउ, देउवालाई अगाडि राखेर शेखरविरुद्ध खनिए
नेपालगन्ज डुवानमा, स्थानीय भन्छन ‘मेयर, उपमेयर साब डुङ्गा चढेर अनुगमनमा  अाउनुहाेस’
नेपालगन्ज डुवानमा, स्थानीय भन्छन ‘मेयर, उपमेयर साब डुङ्गा चढेर अनुगमनमा अाउनुहाेस’
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
आयोगमा रवि लामिछाने नेतृत्वको पार्टी खारेजीको माग गर्दै उजुरी
आयोगमा रवि लामिछाने नेतृत्वको पार्टी खारेजीको माग गर्दै उजुरी
विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढ्याे, ५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने !
विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढ्याे, ५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने !

तपाईंले छुटाउनुभयो कि?