सडकको स्तरोन्नतिले मुसहर परिवार विस्थापित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
४९ पटक हेरिएको
Shares
सडकको स्तरोन्नतिले मुसहर परिवार विस्थापित

सारांश

  • महोत्तरी, १ मंसिर  :  माईस्थान–गौशाला–सम्सी रोड बन्न थालेपछि गौशाला नगरपालिका–४ मल्हिनियाँ पोखरीका दर्जनौँ मुसहर परिवार बेघरबार भएका छन् ।
  • वर्षौंदेखि ऐलानी जग्गामा फुसको टहरा बनाएर बसोबास गर्दै आएका सातजनाको घर पूर्णरुपमा सडकमा परेपछि उनीहरु विस्थापित भएका हुन् ।
  • त्यस्तै, एक दर्जनभन्दा बढी मुसहरको फुसको घर आंशिकरुपमा भत्काइएको छ ।

महोत्तरी, १ मंसिर  :  माईस्थान–गौशाला–सम्सी रोड बन्न थालेपछि गौशाला नगरपालिका–४ मल्हिनियाँ पोखरीका दर्जनौँ मुसहर परिवार बेघरबार भएका छन् ।

वर्षौंदेखि ऐलानी जग्गामा फुसको टहरा बनाएर बसोबास गर्दै आएका सातजनाको घर पूर्णरुपमा सडकमा परेपछि उनीहरु विस्थापित भएका हुन् ।

त्यस्तै, एक दर्जनभन्दा बढी मुसहरको फुसको घर आंशिकरुपमा भत्काइएको छ । सडक विभागले एकहप्ते सूचना प्रकाशन गरेपछि घर आफूहरुले नै भत्काएको रामकुमारी सदाले बताउनुभयो ।

आँगनबाट सवारीसाधन गुड्न थालेपछि असुरक्षित महसुस भएको लखियादेवी सदाले बताउनुभयो ।

एकसय पाँच फिट चौडाइको सडक बनेपछि मुसहरबस्ती नै धरापमा पर्ने सम्भावना बढेको स्थानीय बासिन्दा बताउँछन् ।

गौशाला नगरपालिकाको कार्यालयले तत्काल उनीहरुलाई राहत दिने तयारी गरेको नगरप्रमुख शिवनाथ महतोले बताउनुभयो ।

उहाँका अनुसार अहिले गौशाला नगरपालिकामा रहेको मुसहरहरुको संख्या यकिन गर्ने कार्य भइरहेको छ र चाँडै नै एकीकृत दलित बस्ती बनाउने नगरपालिकाको योजना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?