‘चिया विशेष क्षेत्र’ घोषणा गर्न माग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
३४ पटक हेरिएको
Shares
‘चिया विशेष क्षेत्र’ घोषणा गर्न माग

सारांश

  • काठमाडौं ।
  • चिया क्षेत्रमा काम गर्दै अएका व्यक्तिहरूले ‘चिया विशेष क्षेत्र’ घोषणा गर्न माग गरेका छन् ।
  • चियाको प्रवद्र्धन, विकास र विस्तारमा प्राथमिकता दिन उनीहरूले प्रदेश नं १ सरकारलाई सुझावसमेत दिएका हुन् ।

काठमाडौं । चिया क्षेत्रमा काम गर्दै अएका व्यक्तिहरूले ‘चिया विशेष क्षेत्र’ घोषणा गर्न माग गरेका छन् । चियाको प्रवद्र्धन, विकास र विस्तारमा प्राथमिकता दिन उनीहरूले प्रदेश नं १ सरकारलाई सुझावसमेत दिएका हुन् । विदेशी मुद्रा आर्जन गर्ने नगदेवालीका रुपमा रहेको चिया प्रवद्र्धनका लागि सबै निकाय जिम्मेवार हुनुपर्नेमा उनीहरूको जोड थियो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड तथा प्रदेश संवाद समूहद्वारा आज यहाँ आयोजित ‘चिया क्षेत्रका समस्या समाधानका लागि प्रदेशस्तरीय संवाद’ कार्यक्रमका वक्ताले सङ्घीय सरकारसँग समन्वय गरी भारततर्फ चिया निर्यातको अवरोध हटाउन तत्काल पहल गर्न आग्रह गरेका छन् ।
  
यसैगरी उनीहरूले प्रदेशमा चियाको गुणस्तरीय परीक्षण गर्ने ल्याब स्थापना र कार्यान्वयनमा ल्याउनेपर्ने, प्रदेशस्तरीय चिया विकास बोर्ड स्थापनाको पहल गर्नुपर्ने, प्रदेश सरकारले चिया अक्सन बजारको व्यवस्था गर्नुपर्ने तथा श्रम ऐन र योगदानमा आधारित सामािजक सुरक्षा कोष ऐन सरकार–निजी चिया क्षेत्रमा कार्यान्वयन गराउन पहल गर्नुपर्नेजस्ता सुझाव दिएका छन् ।

प्रदेश नं १ का उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले चियाको बजारीकरणलाई ध्यानमा राखी कार्य गरेमा किसानका साथै उद्यमी लाभान्वित हुने बताए । उनले बगानका किसानलाई चियाको गुणस्तर कायम राख्न सुझाव दिँदै यस क्षेत्रका समस्या समाधान गर्न सबैले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने धारणा राखे ।

नेपाली कांग्रेस प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले कृषिमा छुट्याएको बजेटको सदुपयोगका सम्बन्धमा अनुगमन गर्नुपर्ने बताए । मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले चियालाई परिस्कृत गरी दक्षिण एसियाको बजार तथा यस क्षेत्रका किसान लाभान्वित हुने धारणा राखे । 
  
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराई, निर्देशक डा दीपक खनाल, वाणिज्य, आपूर्तिमन्त्रालय सहसचिव गोविन्दबहादुर कार्की, नेपाल चिया सहकारी सङ्घका अध्यक्ष हर्क तामाङ, चिया उद्यमी सुरेश मित्तल, मजदुर नेता भुपाल सापकोटाले राज्यले चिया खेतीलाई विशेष प्राथमिकतामा राख्नुका साथै उचित व्यवस्थापन गर्नुपर्ने धारणा राखे । 
  
सो अवसरमा इन्जिनियर सञ्जीव खतिवडाले चियाको गुणस्तर सम्बन्धमा सफ्टवेयर र इन्द्रप्रसाद अधिकारीले प्रदेशमा चियाका समस्या र समाधान विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । देशभर एक सय ६० साना ठूला बगान गरी २७ हजार हेक्टर जमिनमा चिया खेती हुँदै आएको छ भने यसमा ७० हजारले रोजगारी प्राप्त गरेका छन् । नेपालले वार्षिक रु चार अर्ब मूल्य बराबरको चिया निर्यात गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वकर्मचारीद्वारा सिईओ र एमडीको हत्या
पूर्वकर्मचारीद्वारा सिईओ र एमडीको हत्या
के पृथ्वीको अस्तित्व हुन अझै १४ वर्ष बाँकी छ? नासाको यो डरलाग्दो रिपोर्ट
के पृथ्वीको अस्तित्व हुन अझै १४ वर्ष बाँकी छ? नासाको यो डरलाग्दो रिपोर्ट
शान्ति स्थापना गर्न जाने सैनिकमा कोरोना पुष्टि भएपछि उडान स्थगित
शान्ति स्थापना गर्न जाने सैनिकमा कोरोना पुष्टि भएपछि उडान स्थगित
गृहमन्त्री शर्माको अर्को प्रसंशयोग्य काम : घाईतेलाई हेलिकप्टरमार्फत उद्धार
गृहमन्त्री शर्माको अर्को प्रसंशयोग्य काम : घाईतेलाई हेलिकप्टरमार्फत उद्धार
काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी अपुग, दरखास्तको मिति थप
काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी अपुग, दरखास्तको मिति थप
बरामद गरेको पहेँलो धातु पित्तल रहेको पुष्टि
बरामद गरेको पहेँलो धातु पित्तल रहेको पुष्टि
कठिन वार्ता गर्दै बेलायती प्रधानमन्त्री
कठिन वार्ता गर्दै बेलायती प्रधानमन्त्री
अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन
अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन
आर.सि. र स्वरुपको मायालु सार्वजनिक (भिडियो सहित)
आर.सि. र स्वरुपको मायालु सार्वजनिक (भिडियो सहित)
म्याच फिक्सिङकाे अाराेपित ६ जनालाइ सफाइ !
म्याच फिक्सिङकाे अाराेपित ६ जनालाइ सफाइ !

तपाईंले छुटाउनुभयो कि?