११ औँ चरणका खेल बुधबारदेखि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०७५
|
|
५१ पटक हेरिएको
Shares
११ औँ चरणका खेल बुधबारदेखि

सारांश

  • काठमाडौँ,१० पुस ।
  • जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत ११ औँ चरणका खेल बुधबारदेखि हुँदैछन् ।
  • दशाँै चरणको खेलपछि चार दिनको विश्राम गरेर ११औँ चरणका खेलहरू बुधबारदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ ।

काठमाडौँ,१० पुस । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत ११ औँ चरणका खेल बुधबारदेखि हुँदैछन् । दशाँै चरणको खेलपछि चार दिनको विश्राम गरेर ११औँ चरणका खेलहरू बुधबारदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । त्यसमा बुधबार तीन, बिहीबार र शुक्रबार दुई÷दुई खेल हुनेछन् ।

बुधबार हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले हिमालयन शेर्पासँग खेल्नेछ । दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र क्बलबीच हुनेछ । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । बुधबार नै हुने तेस्रो खेलमा न्युरोड टिम ९एनआरटी० र फ्रेन्ड्स क्लबबीच हल्चोक मैदानमा खेल हुनेछ ।

बिहीबार हुने पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफ र च्यासल युथ क्लब तथा सङ्कटा क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच हुनेछ । उपाधि होडमा रहेको मनाङ र मनाङलाई पच्छ्याइरहेको सङ्कटाबीचको खेललाई उपाधि भिडन्तको रुपमा हेरिएको छ । सङ्कटा र मनाङबीचको खेल मनाङले जिते दुई खेलअगावै मनाङले लिगको उपाधि जित्नेछ ।

त्यसैगरी ११ औँ चरणको अन्तिम खेल शुक्रबार हुनेछ । शुक्रबार हुने पहिलो खेलमा सरस्वती युथ क्लब र त्रिभुवन आर्मी तथा दोस्रो खेल नेपाल पुलिस र थ्रीस्टार क्लबबीच हुनेछ । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ ।
दशौँ चरणका खेल सकिँदासम्म मनाङ शत प्रतिशत नतिजासहित ३० अङ्कसाथ शीर्ष स्थानमा छ । सङ्कटा २५ अङ्कसाथ दोस्रो, थ्रिस्टार २३ अङ्कसाथ तेस्रो, १८ अङ्कका साथ त्रिभुवन आर्मी चौथो, १६ अङ्कसहित एपिएफ पाँचौँ, १५ अङ्कसहित नेपाल पुलिस छैटौँ स्थानमा छन् ।

यसैगरी १४÷१४ अङ्कसहित च्यासल युथ क्लब र हिमालयन शेर्पा क्लब क्रमशः सातौँ र आठौँ, १० अङ्कसाथ सरस्वती नवौँ, आठ÷आठ अङ्कसहित जावलाखेल र फ्रेन्डस क्रमशः दशौँ र एघारौँ, छ÷छ अङ्कसहित ब्रिगेड ब्वाइज र मछिन्द्र बाह्रौँ र तेस्रौँ र न्युरोड टिम ९एनआरटी० चार अङ्क साथ तालिकाको अन्तिम स्थानमा छ ।

उच्च गोलकर्ता धिमाल

जारी लिगमा थ्री स्टारका रञ्जित धिमाल उच्च गोलकर्ता रहेका छन् । उनले अहिलेसम्म सात गोल गरिसकेका छन् । मनाङका अफिज ओलावालेले र अन्जन विष्टले छ÷छ गोल गरिसकेका छन् । त्यस्तै थ्रीस्टारका रञ्जन विष्ट, एपिएफका रुपनारायण लामा र एलोन म्याक्सुएलले समान चार÷चार गोल गरिसकेका छन् । जारी लिगमा छ वटा मात्र रेड कार्ड प्रयोग भएको छ ।

तिमिल्सिना र निरौला सम्मानित

राष्ट्रिय खेलकूद परिषद् ९राखेप० का उपाध्यक्ष पीताम्बर तिमिल्सिना र सञ्चालक समिति सदस्य इन्दिरा निरौला सम्मानित हुनुभएको छ । जावलाखेल भलिबल ट्रेनिङ सेन्टर र पूर्वराष्ट्रिय महिला भलिबल खेलाडीको संयुक्त आयोजनामा उहाँहरुलाई क्लबका अध्यक्ष माधव खड्काले सम्मान गर्नुभयो ।

सो अवसरमा उपाध्यक्ष तिमिल्सिनाले भलिबलको इतिहास बोकेको क्लबको सम्मानले आफूलाई थप जिम्मेवारी बनाएको बताउनुभयो । जावलाखेल भलिबल क्लबलाई व्यवस्थित र व्यावसायिक बनाउन राखेपका तर्फबाट जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको उहाँको भनाइ थियो ।

सदस्य निरौलाले भलिबल खेलमा आफ्नो पहिलो पाइला नै जावलाखेलले अगाडि बढाएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “जुन क्लबले मलाई भलिबल खेल्न सिकायो, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर दिलायो, आज त्यही क्लबबाट सम्मानित हुन पाउँदा खुशी छु ।” क्लबका अध्यक्ष खड्काले आफ्नै क्लबका खेलाडी आज नेतृत्व तहमा पुग्नु खुशीको विषय भएको बताउँदे खेलकूद क्षेत्रको विकासमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । –––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कप महिला टि–२० :  सुदूरपश्चिमले बागमती प्रदेशलाई हरायोv
प्रधानमन्त्री कप महिला टि–२० : सुदूरपश्चिमले बागमती प्रदेशलाई हरायोv
सुरक्षा निकायको चुस्त परिचालन आवश्यक – गृहमन्त्री थापा
सुरक्षा निकायको चुस्त परिचालन आवश्यक – गृहमन्त्री थापा
पाँचथरमा कांग्रेसका आङ्देम्बे र एमालेका नेम्बाङबीच मुख्य प्रतिस्पर्धा
पाँचथरमा कांग्रेसका आङ्देम्बे र एमालेका नेम्बाङबीच मुख्य प्रतिस्पर्धा
कमल खनालको ‘बाकस’ सार्वजनिक
कमल खनालको ‘बाकस’ सार्वजनिक
रविन्द्र मिश्रले देखे सरकारमा अधिनायकवादको संकेत
रविन्द्र मिश्रले देखे सरकारमा अधिनायकवादको संकेत
यी वस्तुमा कोरोना भाइरस २८ दिनसम्म जिवित रहने !
प्रधानमन्त्रीको निर्देशन: विश्वविद्यालयले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्नु
प्रधानमन्त्रीको निर्देशन: विश्वविद्यालयले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्नु
१३औँ साग : फुटबल, क्रिकेट र बिच भलिबलबाहेकका पूर्वाधार तयार
१३औँ साग : फुटबल, क्रिकेट र बिच भलिबलबाहेकका पूर्वाधार तयार
जङ्गलको आगो घरमा सल्कियो, एक अशक्त युवकको मृत्यु
जङ्गलको आगो घरमा सल्कियो, एक अशक्त युवकको मृत्यु
नवरात्रको आठौं दिन महागौरी देवीको पूजा आराधना गरिँदै
नवरात्रको आठौं दिन महागौरी देवीको पूजा आराधना गरिँदै