किन कमजोर भए प्रदेश २ मा ठूला दल ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
किन कमजोर भए प्रदेश २ मा ठूला दल ?

सारांश

  • काठमाडौँ : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले देशव्यापीरुपमा दुई तिहाइ स्थानमा विजयी हासिल गरे पनि प्रदेश नं २ मा भने सोचेजस्तो नजिता निकाल्न सकेन।
  • वाम गठबन्धन जस्तै नेपाली कांग्रेसको अवस्था पनि उक्त प्रदेशमा राम्रो रहेन।
  • तर मधेश केन्द्रित दलले गतिलै पुनरागमन गरे।

काठमाडौँ : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले देशव्यापीरुपमा दुई तिहाइ स्थानमा विजयी हासिल गरे पनि प्रदेश नं २ मा भने सोचेजस्तो नजिता निकाल्न सकेन। वाम गठबन्धन जस्तै नेपाली कांग्रेसको अवस्था पनि उक्त प्रदेशमा राम्रो रहेन। तर मधेश केन्द्रित दलले गतिलै पुनरागमन गरे।

कूल ३२ प्रतिनिधिसभा र ६४ प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा उक्त प्रदेशमा तिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरमले नौ र राष्ट्रिय जनता पार्टीले १० स्थानमा विजयी भए। वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) दुई र नेकपा (माओवादी केन्द्र) पाँच तथा कांग्रेसलाई छ स्थानमा मात्रै चित्त बुझाउनुपर्‍यो।

समग्र मुलुकको मत परिणामलाई हेर्दा प्रदेश नं २ मा मधेश केन्द्रित दलले प्राप्त गरेको नजिता र कांग्रेसले देशभर नै प्राप्त गरेको सिट करिब करिब समान हैसियतमा देखिएको छ। कांग्रेसले देशव्यापीरुपमा २३ स्थानमा चित्त बुझाउँदा मधेश केन्द्रित दुई दलले यो प्रदेशमा मात्र १९ स्थानमा जित निकाले। देशव्यापीरुपमा यी दुई दलले २१ स्थानमा विजयी हासिल गरेको छ।

यसैगरी कूल ६४ प्रदेशसभा सदस्यमध्ये वाम गठबन्धनले २० स्थानमा जित हासिल गरेको छ। एमालेले १४ र माओवादी केन्द्रले छ स्थानमा मात्रै विजयी हुन सक्यो।

त्यस्तै कांग्रेस आठ, संघीय समाजवादी फोरम नेपाल २०, राजपा नेपाल १५ र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन्। समानुपातिकको मत परिणाम आउन बाँकी नै छ।

संघीय फोरम र राजपाले पाएको मतअनुसार कम्तीमा १०÷१० वटा सिट समानुपातिकमा पनि पाउने सम्भावना छ। त्यसलाई जोड्दा फोरम नेपालले ३० सिट र राजपा नेपालको २५ सिट हुनेछ। वाम गठबन्धनका दुईवटै दलको जोडेर पनि फोरम नेपाल जतिको हुँदैन। वाम गठबन्धन र काँग्रेस मिले पनि दुई नं प्रदेशमा सरकार बन्ने सम्भावना रहेको छैन।

प्रदेश नं २ मा मधेश केन्द्रित दलले प्राप्त गरेको मत परिणामलाई लिएर राजनीतिकरुपमा विभिन्न खालका टीकाटिप्पणी भइरहेको छ। राजनीतिक विश्लेषक तुलानारायण साह अहिले मुलुकभर आएको मत परिणाम संविधान संशोधन र अनुमोदन गर्नेबीचको स्वभाविक परिणाम भएको बताउछन्।

‘संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा मधेशी एक मत भएकै कारण पूर्व–पश्चिम, काठमाडौँ पनि मधेशीलाई मत प्राप्त भएको हो’,उनले भने, ‘प्रदेश नं २ मा विशेषगरी एमालेले लिएको चर्को अडानले कम मत पाएको देखिन्छ।’

तुलनात्मकरुपमा माओवादी केन्द्रलाई केही विश्वास गरेको उल्लेख गर्दै विश्लेषक साहले कांग्रेस यता न उता भएकाले हालको परिणाम व्यहोरेको टिप्पणी गरे।

कांग्रेस नेतृत्वको सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाए पनि मधेशीले नपत्याएको अर्थमा परिणाम देखिएको छ। कांग्रेस सांगठनिकरुपमा कमजोर, मधेशी र वामपन्थी गठबन्धनको मारमा परेकाले मधेशमा उ कमजोर देखिएको उनको भनाइ छ।

प्रदेश नं २ मा मधेश केन्द्रित दलले पाएको मत केन्द्रीय सरकारसँग सहकार्य गरेर अघि बढ, संविधान संशोधनका लागि वाम गठबन्धनसँग लचिलो भएर प्रस्तुत हुनुपर्छ भन्ने सन्देश परिणामले दिएको टिप्पणी गर्नेहरु पनि छन्।

पूर्वसांसद तथा प्राध्यापक लालबाबु यादवका अनुसार राष्ट्रिय पार्टी मधेशी विरोधी छन् भन्ने भ्रमलाई ठूला दल काँग्रेस र एमालेले स्पष्टसँग राख्न नसक्दा कमजोर भएको बताउछन्। खासगरी एमाले र माओवादी केन्द्रले प्रदेश नं २ का जनतासँग आफ्ना कुरा प्रष्टसँग राख्न नसक्दा पनि मत परिणाम अपेक्षित नआएको उनको भनाइ छ।

उनले भने, ‘प्रदेश नं २ का जनतामा भावनात्मकरुपमा आफूहरुलाई राज्य र ठूला दलले पेल्यो भन्योे अनुभूति भयो, यो भावनाले ठूलो काम गरेको छ, ठूला दललाई कमजोर बनाउनमा।’ तर उनले राष्ट्रिय पार्टीलाई मधेशीले दिएको मत सन्तोषजनक नै रहेको बताए।

संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको परिणामपछि वाम गठबन्धनसँग सहकार्य गर्ने भन्ने चर्चा सकारात्मक भएको उल्लेख गरे। एमाले मधेश विरोधी हैन र छैन मधेशमा राष्ट्रिय पार्टीसँग मिलेर जानुपर्छ भन्ने नतिजाले देखाएको प्राध्यापक यादव बताउछन्।

विश्लेषक एवं पत्रकार डा राजेश अहिराजले राजनीतिक स्थायित्व र विकासका लागि जनताले आफ्नो मत दिएको टिप्पणी गरे। उनले भने, ‘मेलमिलाप र एकताको सन्देश प्राप्त भएको छ, यो गरिमालाई सबै दल मिलेर कायम राख्न सक्नुपर्छ।’

उनले आगामी राजनीतिक नेतृत्वले आर्थिक समृद्धिलाई ध्यान दिनुपर्ने र मधेशको समृद्धि पनि त्यसैमा पर्ने उल्लेख गरे। सबै दललाई भेदभाव नगरी जनताले मत दिएकाले त्यसको कदर गर्नुपर्ने उनको जोड छ। मधेश केन्द्रित दलले देशलाई केन्द्रमा राखेर मधेशका विषय उठाउनुपर्ने धेरैको विश्लेषण छ।

माओवादी केन्द्रका नेता मातृका यादव प्रदेश नं २ मा वाम गठबन्धन कमजोर हुनुका कारणबारे खोजी गरिने बताउछन्। उनले त्यसका लागि माओवादी केन्द्रले आन्तरिक छलफल गरिरहेको र संयुक्तरुपमा पनि गठबन्धनमा छलफल हुने बताए।

प्रदेश नं २ मा माओवादी केन्द्रका रामचन्द्र झा, उमेश यादव र अजयशंकर नायकजस्ता स्थापित हस्तीसमेत पराजित हुनुपरेको छ। एमालेका डा वंशीधर मिश्र, काँग्रेस नेता रामकृष्ण यादव, नेत्री किरण यादवसमेत पराजित हुनुपर्‍यो। सबै तथ्यका आधारमा विश्लेषण गरेर कमजोरी सच्याउनुपर्ने वाम गठबन्धनको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१३ वर्षीया बालिकालाई गोदावरी जंगलमा लगेर बलात्कार
१३ वर्षीया बालिकालाई गोदावरी जंगलमा लगेर बलात्कार
शाहरूखकाे जवान बन्याे, मुम्बइमा सबैभन्दा बढी कमाउने पाँचाैं फिल्म
शाहरूखकाे जवान बन्याे, मुम्बइमा सबैभन्दा बढी कमाउने पाँचाैं फिल्म
सामाचकेवाको गीत घरघरमा गुञ्जिँदै.
डा. केसीलाई साधारण तारिखमा छोड्न आदेश, पराजुलीबाटै अदालतको अवहेलना भएको दावी
डा. केसीलाई साधारण तारिखमा छोड्न आदेश, पराजुलीबाटै अदालतको अवहेलना भएको दावी
माग पूरा नगरे ३२ वटै जिल्लाका प्राविधिकले सामुहिक राजीनामा दिने चेतावनी
माग पूरा नगरे ३२ वटै जिल्लाका प्राविधिकले सामुहिक राजीनामा दिने चेतावनी
बागमती प्रदेशको मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी शाक्य, मुख्यमन्त्री पौडेलले आजै राजीनामा दिने
अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न पत्र
अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न पत्र
अर्थमन्त्री खतिवडाको भविष्य
अर्थमन्त्री खतिवडाको भविष्य
यूएईमा सन्दीपको गुग्लिको कमाल, म्यान अफ द म्याच सन्दीपले जिताए खेल
यूएईमा सन्दीपको गुग्लिको कमाल, म्यान अफ द म्याच सन्दीपले जिताए खेल
प्रधानमन्त्री र सभामुखसहित प्रमुख दलका शीर्ष नेताबीच भेटवार्ता, के भयाे छलफल ?
प्रधानमन्त्री र सभामुखसहित प्रमुख दलका शीर्ष नेताबीच भेटवार्ता, के भयाे छलफल ?

तपाईंले छुटाउनुभयो कि?