के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०७४
|
|
३७ पटक हेरिएको
Shares
के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ ?

सारांश

  • काठमाडौँ, १९ मंसिर  के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ ?
  • हुनुहुन्न भने चिन्ता नगर्नुुस्, तपाईलाई मतदानस्थलमा पनि मत संकेत गर्ने तरिका सिकाउने व्यवस्था छ ।
  • प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाता शिक्षाका लागि पर्याप्त समय नहुँदा र दुई तहको निर्वाचन एकै पटक गर्न परेकाले कतिपय मतदातामा मतदान विधिबारे भएका अन्योल मेट्न निर्वाचन आयोगले मतदानस्थल र मतदानकेन्द्रमा मतदाता परिचयपत्र लिन आउदा वा निर्वाचनका दिन पनि मत हाल्ने तरिका सिकाउने प्रबन्ध गरेको हो ।

काठमाडौँ, १९ मंसिर  के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ ? हुनुहुन्न भने चिन्ता नगर्नुुस्, तपाईलाई मतदानस्थलमा पनि मत संकेत गर्ने तरिका सिकाउने व्यवस्था छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाता शिक्षाका लागि पर्याप्त समय नहुँदा र दुई तहको निर्वाचन एकै पटक गर्न परेकाले कतिपय मतदातामा मतदान विधिबारे भएका अन्योल मेट्न निर्वाचन आयोगले मतदानस्थल र मतदानकेन्द्रमा मतदाता परिचयपत्र लिन आउदा वा निर्वाचनका दिन पनि मत हाल्ने तरिका सिकाउने प्रबन्ध गरेको हो ।
निर्वाचन आयोगले हरेक मतदान केन्द्रका लागि १९ हजार ९०८ जना मतदाता शिक्षा कार्यकर्तालाई घर घरमा पुग्ने गरी खटाउनुका साथै ती कार्यकर्ताले मंसिर १९ र २० गते प्रत्येक मतदानस्थलमा परिचयपत्र लिन आउने मतदातालाई मतपत्र देखाएर मतसंकेत गर्न सिकाउने व्यवस्था मिलाएको छ । मतदान केन्द्रमा पनि मतदाताले सोधेमा मत हाल्ने तरिकाबारे सिकाउन स्वयंसेवक परिचालन गरिएको आयुक्त इला शर्माले बताउनुभयो ।

दोस्रोचरणका ४५ जिल्लामा यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि अन्य तयारी पूरा भए पनि मतदाताले हालेको मत बदर हुने हो कि भन्ने चिन्ता सबैजसो दललाई परेको देखिन्छ । आयोगले विभिन्न माध्यमबाट मतदाता शिक्षा कार्यक्रम जारी राखेको छ भने दलहरुले आफ्नो निर्वाचन प्रचारका क्रममा पनि मत हाल्ने तरिका बारे जानकारी दिँदै आएका छन् ।

काठमाडौँ क्षेत्र नं ४ स्थित बूढानीलकण्ठ नगरपालिका– १२ का ३० वर्षीय सन्तोष लुइँटेल आयोगका सूचनाबाट आफूले मत हाल्ने तरिकाबारे थाहा पाए पनि कतिपय ज्येष्ठ मतदातामा अन्योल हुनसक्ने बताउनुहुन्छ । मत हाल्न जान्दैनन् भन्ने नाममा उनीहरूको मत एकाघर वा इच्छाइएको व्यक्तिबाट हाल्न लगाउँदा दुरुपयोग हुनसक्ने चिन्ता लुइँँटेलको छ ।

कंलकी निवासी चन्द्रमा घिमिरे र अञ्जु भट्टराई भने कसरी मत हाल्ने भन्ने हालसम्म स्पष्ट नभएको बताउनुहुन्छ । उहाँहरु मतदान केन्द्रमा पुगेर यसबारे बुझेर मत हाल्ने तयारीमा हुनुहुन्छ ।

काठमाडौँ क्षेत्र नं ६ मा पर्ने मनमैजू निवासी २८ वर्षीय बबिता श्रेष्ठ घिमिरे मतदाता शिक्षाबारे अरुलाई पनि जानकारी गराउँदै सामाजिक कार्यकर्ता बनेर आज पनि हिँडिरहनुभएको छ । ‘यतातिर सबैजसोलाई मत हाल्ने तरिका बताइसकेका छौँ, सायद समस्या हुँदैन होला ।’ उहाँले भन्नुभयो ।
नेपालको संविधान २०७२ पछिको पहिलो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीन प्रकारका मतपत्रको व्यवस्था गरिएका छन् । दुबै तहमा प्रत्यक्षतर्फ छुट्टाछुट्टै रङका मतपत्र छन् । प्रतिनिधिसभामा प्रत्यक्षका लागि हरियो र प्रदेशसभाको प्रत्यक्षका लागि कालो रङको मतपत्र हुनेछ । दुबै मतपत्रमा आफूले रोजेको दल वा स्वतन्त्र उम्मेदवारको निर्वाचन चिन्हमध्ये एक एकमा मत हाल्नुपर्छ ।

समानुपातिक प्रणालीतर्फ दुबै तहका लागि एउटै पृष्ठ (तल र माथि) मा सेतो रंगको पानामा रातो रङका चुनाव चिन्ह हुनेछन् । मतदाताले कुनै एउटा दलको निर्वाचन चिन्हमा एक÷एक मत दिनेछन् ।

मतदाता शिक्षालाई अभियानकै रुपमा सञ्चालन गर्न आयोगले राष्ट्रिय सञ्चार माध्यमबाट सूचना वा सन्देशलाई निरन्तर रुपमा प्रवाह गर्दै आएको छ । आयोगले विभिन्न १७ भाषामा अडियो, भिडियोका सामग्री उत्पादन गरी रेडियो, टेलिभिजन, निजी क्षेत्रका एफएम रेडियो तथा फिल्म हलमा समेत मतदाता शिक्षाबारे प्रशारण गराण गराउँदै आएको छ ।

यस्तै सडक नाटक, सार्वजनिकस्थलमा फ्लेक्स बोर्ड, प्रश्नोत्तर, हाते पुस्तिका, पोष्टर, सात प्रकारका फ्लिप चार्ट, मोबाइल भ्यान, लोक दोहोरीसहितको सांगीतिक कार्यक्रम गरेर पनि मतदाता शिक्षा दिइएको आयुक्त शर्माले बताउनुभयो । दोस्रो चरणको निर्वाचनका लागि १५ हजार ३४४ मतदान केन्द्र तोकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमित बाबुरामले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै भने : ‘हामी छिट्टै निको हुनेमा विश्वस्त छौं’
कोरोना संक्रमित बाबुरामले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै भने : ‘हामी छिट्टै निको हुनेमा विश्वस्त छौं’
पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३मा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम
पाथीभराको जङ्गलमा छ दिनदेखि लागेको डढेलो अब कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश
पाथीभराको जङ्गलमा छ दिनदेखि लागेको डढेलो अब कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश
हेलिकोप्टर दुर्घटना :  ६ जनाको मृत्यु !
हेलिकोप्टर दुर्घटना : ६ जनाको मृत्यु !
५७ हजार पर्यटक मुस्ताङमा
५७ हजार पर्यटक मुस्ताङमा
गगन थापा र रामशरण महतलाई बम हान्ने एकै व्यक्ति !
गगन थापा र रामशरण महतलाई बम हान्ने एकै व्यक्ति !
दाल उद्योगको कर्तुत : नयाँ मिति राखेर रि–प्याकिङ्ग गरेको २० लाखको चना र ओख्खर नष्ट
दाल उद्योगको कर्तुत : नयाँ मिति राखेर रि–प्याकिङ्ग गरेको २० लाखको चना र ओख्खर नष्ट
टिचिङ अस्पतालमा आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प
टिचिङ अस्पतालमा आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प
आइजिपीको पोल खुलेपछि आफ्नै अधिकृत बिरुद्ध समाचार लेखाउदै
आइजिपीको पोल खुलेपछि आफ्नै अधिकृत बिरुद्ध समाचार लेखाउदै
चीनलाई बिआइएको १ लाख मास्क सहयोग
चीनलाई बिआइएको १ लाख मास्क सहयोग