के पूजाले २० लाख पारिश्रमिकमा नयाँ फिल्म गर्न लागेकी हुन् ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ८, २०७६
|
|
१६ पटक हेरिएको
Shares
के पूजाले २० लाख पारिश्रमिकमा नयाँ फिल्म गर्न लागेकी हुन् ?

सारांश

  • काठमाडौं ।
  • अभिनेत्री पूजा शर्मा महङ्गो पारिश्रमिक लिएर नयाँ फिल्ममा अनुबन्ध भएकी छिन् ।
  • केही दिनअघि मात्रै ‘म यस्तो गीत गाउँछु २’मा अनुबन्ध भएकी पछिल्लो समयकी चर्चित अभिनेत्री पूजाले डिसी नेपालसंगको कुराकानीमा आफू २० लाख पारिश्रमिक लिएर नयाँ फिल्ममा काम गर्न लागेको पुष्टि गरिन् ।

काठमाडौं । अभिनेत्री पूजा शर्मा महङ्गो पारिश्रमिक लिएर नयाँ फिल्ममा अनुबन्ध भएकी छिन् ।केही दिनअघि मात्रै ‘म यस्तो गीत गाउँछु २’मा अनुबन्ध भएकी पछिल्लो समयकी चर्चित अभिनेत्री पूजाले डिसी नेपालसंगको कुराकानीमा आफू २० लाख पारिश्रमिक लिएर नयाँ फिल्ममा काम गर्न लागेको पुष्टि गरिन् ।उनले भनिन् –‘फिल्म दार्जिलिङका निर्माताले बनाउन लाग्नुभएको हो । निर्देशक पनि भारतबाटै आउने भनिएको छ । उहाँहरु आएपछि कागजी सम्झौता हुन्छ । मैले पेश्की रकम लिईसकेकी हुँ ।’ फिल्मको नाम र अन्य कलाकारहरुका बारेमा भने केही खुलाइएको छैन् । उनका अनुसार ‘म यस्तो गीत गाउँछु २’को छायाँकन सकिएपश्चात यो फिल्मको छायांकन शुरु हुनेछ ।

यसअघि फिल्म ‘पोई पर्यो काले’का लागि पूजाले २० लाख पारिश्रमिक लिएसंगै बजारमा खुबै चर्चा भएको थियो । २० लाख पारिश्रमिक हाल नेपालका चर्चित अभिनेत्रीहरुले लिने सबैभन्दा बढी हो ।अहिले नयाँ फिल्ममा पुनः २० लाख पारिश्रमिकमा अनुबन्ध भएको खबर बाहिरिएसंगै महङ्गो पारिश्रमिक लिने नेपाली अभिनेत्रीमा पूजा नम्बर वान अभिनेत्री बनेकी छिन् ।पूजाको यो वर्ष ‘पोइ पर्यो काले’, ‘म यस्तो गीत गाउँछु २’ र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?