गृह मातहतका सबै निकायमा ढिलासुस्ती गरिएमा मान्य नहुने गृहमन्त्रीको चेतावनी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
गृह मातहतका सबै निकायमा ढिलासुस्ती गरिएमा मान्य नहुने गृहमन्त्रीको चेतावनी

सारांश

  • काठमाडौँ, १५ साउन ।
  • गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय र मातहतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कार्यसम्पादनमा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् ।
  • गृहमन्त्रीले चार महिनाअघि सार्वजनिक गरेको ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजनाबारे आज गृह मन्त्रालयमा आयोजित समीक्षा बैठकमा गृहमन्त्री थापाले कार्ययोजनाको कार्यान्वयन सन्तोषजन रहेपनि अझै गति बढाउन आवश्यक रहेको बताए ।

काठमाडौँ, १५ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय र मातहतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कार्यसम्पादनमा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् ।

गृहमन्त्रीले चार महिनाअघि सार्वजनिक गरेको ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजनाबारे आज गृह मन्त्रालयमा आयोजित समीक्षा बैठकमा गृहमन्त्री थापाले कार्ययोजनाको कार्यान्वयन सन्तोषजन रहेपनि अझै गति बढाउन आवश्यक रहेको बताए । गृहमन्त्री थापाले भने, “प्राविधिक कारणले केही बुँदामा ढिलासुस्ती भएको भए केही छैन । अन्यथा जानाजान ढिलासुस्ती गरिएको हो भने त्यो मान्य हुने छैन ।”

गृहमन्त्री थापाले मन्त्रालयले दिएको जिम्मेवारी अनुसार शान्ति, सुरक्षा, सुव्यवस्था र सशासनका लागि प्रतिवद्ध भएर काम गर्न मातहतका निकायहरुलई निर्देशन दिए । उनले भने, “अहिले हामी सक्रिय भएपछि अपराधीहरु निस्क्रिय जस्तो देखिएका छन् । मौका मिल्नेबित्तिकै उनीहरु फेरि सक्रिय हुन्छन् । त्यसैले उनीहरुको सञ्जाल तोडिनेगरी काम गर्नुहोस् ।”

गृहमन्त्री थापाले यो अवधिमा यातायात क्षेत्रको सिण्डिकेट अन्त्य, सुन तस्करी लगायतका क्षेत्रमा बेथिति अन्य गर्न सफलता मिलेको भन्दै यसका लागि मातहतका कर्मचारी र प्रहरीहरुलाई धन्यवाद दिए । कार्यक्रममा गृह मन्त्रालयमा सचिव प्रेमकुमार राईले आर्थिक मितव्ययिता कायम गर्न आग्रह गर्दै काम गर्न आवश्यक स्रोत र साधनको भने कमी हुन नदिइने स्ष्पट पारे । बैठकमा गृह मन्त्रालय अन्तर्गतका महाशाखा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभागले ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना अनुरुप आफूहरुले हालसम्म गरेका कामकारवाहीको विवरण प्रस्तुत गरेका थिए ।

८२ बुँदे मध्ये ७२ वटा बुँदा केही कार्यान्वयनमा आइसकेको, केही कार्यान्वयनको प्रक्रियामा रहेको तथा १० बुँदा भने अझै काम सुरु नभएको विवरण बैठकमा प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?