दक्षिण कोरियाका संसदीय टोलीको इच्छा

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ३०, २०७५
|
|
३५ पटक हेरिएको
Shares
दक्षिण कोरियाका संसदीय टोलीको इच्छा

सारांश

  • काठमाडौं ।
  • राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र दक्षिण कोरियाका राष्ट्रिय सभा सांसद वन यो चुल ‍नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ ।
  • सिंहदरबारस्थित भएको भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र दक्षिण कोरिया बीचको सम्बन्ध मित्रता, समझदारी र द्धिपक्षीय सहयोगको आधारमा अगाडि बढेको धारणा राखे ।

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र दक्षिण कोरियाका राष्ट्रिय सभा सांसद वन यो चुल ‍नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित भएको भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र दक्षिण कोरिया बीचको सम्बन्ध मित्रता, समझदारी र द्धिपक्षीय सहयोगको आधारमा अगाडि बढेको धारणा राखे ।

बेलाबेलामा हुने उच्चस्तरीय भेटघाटले दुई देशबीच सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लगेको र आगामी दिनमा थप मजबुत हुने विश्वास व्यक्त भयो ।

अध्यक्ष तिमिल्सिनाले नेपाल र कोरियाबीच भगवान गौतम बुद्धको दर्शनमा आधारित संस्कृति र धर्मको सन्दर्भमा धेरै समानता रहेको बताउँदै दक्षिण कोरिया सरकारको विकास सहयोग प्रदान गर्ने प्राथमिकतामा साझेदार राष्ट्रको सूचीमा नेपाल पनि सूचीकृत गरिएकोमा कोरिया सरकारलाई कृतज्ञता प्रकट गरे ।

कोरियाका प्रतिनिधिमण्डलका संयोजक राष्ट्रियसभाका सांसद वन चुलले नेपालले कोरियालाई र कोरियाले नेपाललाई विश्वमञ्चमा सहयोग गरिरहेकोमा नेपाललाई धन्यवाद व्यक्त गरे । नेपाल एसिया प्यासिफिक पार्लियामेन्टरी कन्फ्रेन्स इन्भाइरिमेन्ट डेपलभमेन्टमा सदस्य राष्ट्रको रुपमा रहेकाले वातावरण र विकासमा एसियाको एउटै धारणा बनाइ वातावरण संरक्षणको लागि नेपालसँग समन्वय गरी काम गर्ने बताए ।

कोरियाले नेपाललाई अहिले गरिरहेको सहयोगलाई आमामी दिनमा पनि निरन्तरता दिने कुरामा आश्वस्त पारे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?