चिसोले जनजीवन प्रभावित

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २९, २०७६
|
|
३९ पटक हेरिएको
Shares
चिसोले जनजीवन प्रभावित

सारांश

  • सदरमुकाम मार्तडीसहित हिमाली क्षेत्रमा परेको हिमपातका कारण चिसो बढेसँगै दैनिक जनजीवन प्रभावित बनेको छ ।
  • चिसोका कारण स्थानीय बजार बन्द छन् भने ग्रामीण क्षेत्रमा आवतजावत रोकिएको छ ।
  • हिमपातले एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क टुटेको छ भने हिमाली क्षेत्रमा रहेका विद्यालय बन्द गरिएका छन् ।

सदरमुकाम मार्तडीसहित हिमाली क्षेत्रमा परेको हिमपातका कारण चिसो बढेसँगै दैनिक जनजीवन प्रभावित बनेको छ । चिसोका कारण स्थानीय बजार बन्द छन् भने ग्रामीण क्षेत्रमा आवतजावत रोकिएको छ ।

हिमपातले एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क टुटेको छ भने हिमाली क्षेत्रमा रहेका विद्यालय बन्द गरिएका छन् । शनिबार घाम लागे पनि घर बाहिर आएर हिँडडुल गर्न समस्या देखिएको हो । हिमपातले चिसो बढाए पनि कृषि उत्पादनमा सहयोग पुगेको किसानको भनाइ छ ।

बडिमालिका र बूढीनन्दा नगरपालिकाको सिमानामा पर्ने पोरखे लेकमा भएको भारी हिमपातले गर्दा बाजुरा जिल्लाको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ । जिल्लाका अधिकांश स्थानमा चार÷पाँच फिटसम्म हिउँ जमेकाले हिँडडुलमा समेत समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभयो ।

मार्तडी–कोल्टी सडक पूर्णरूपमा बन्द भएको छ भने आवतजावत पनि रोकिएको छ । मार्तडीबाट कोल्टी र कोल्टीबाट मार्तडी आउने सवारी साधन ढम्कने र पाण्डुसैनमा रोकिएका छन् । गौमुल र कोल्टीसम्मको सडकमा हिमपात बढी भएकाले जीप सञ्चालन हुन नसकेको यातायात व्यवसायी मदन महतले बताउनुभयो ।

बाजुरासहित आसपासका जिल्लाको सञ्चार शनिबार बिहानदेखि पूर्णरूपमा बन्द भएको छ । अप्टिकल फाइबरमा आएको खराबी र हिमपातले टेलिफोनको टावरमा पु¥याएको समस्याका कारण बाजुरासहितका आसपासका जिल्लाको टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम शाखा बाजुराले जनाएको छ ।

टेलिकमका सबै सेवा अवरुद्ध छन् भने इन्टरनेट सेवा पनि पूर्णरूपमा बन्द छ । जिल्लामा सञ्चालित नमस्ते, स्काइ, ल्याण्डलाइनसहितका फोन अवरुद्ध छन् भने एडिएसएल, वल्र्ड्लिङ्क, सुबिसुसहितका इन्टरनेट सेवा पनि अवरुद्ध छन् । फोन, इमेल इन्टरनेटसहितका सुविधा नहुँदा सरकारी तथा गैरसरकारी कार्यालय तथा सञ्चारमाध्यम बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्य दलका कार्यकर्ता समेट्दै गगन थापा (भिडियाे सहित)
अन्य दलका कार्यकर्ता समेट्दै गगन थापा (भिडियाे सहित)
कांग्रेसमा नयाँ युगको सुरुवात: विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाद्वारा सानेपा पुगेर पदबहाली
कांग्रेसमा नयाँ युगको सुरुवात: विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाद्वारा सानेपा पुगेर पदबहाली
रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव
रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव
सूर्य नेपाल च्यालेन्ज गल्फ मङ्गलबारदेखि
सूर्य नेपाल च्यालेन्ज गल्फ मङ्गलबारदेखि
चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छः मुख्यमन्त्री जम्कट्टेल
चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छः मुख्यमन्त्री जम्कट्टेल
डिउटीमा रहेका प्रहरीले आफ्नै च्यापुमा गोली हानेपछि…
डिउटीमा रहेका प्रहरीले आफ्नै च्यापुमा गोली हानेपछि…
मिडियामा विदेशी लगानी प्रतिबन्ध, विद्येयक फिर्ता नलिने
मिडियामा विदेशी लगानी प्रतिबन्ध, विद्येयक फिर्ता नलिने
जेठ १९ गते सोमबारको राशिफल यस्तो छ
जेठ १९ गते सोमबारको राशिफल यस्तो छ
गढीमाई-८ मा नेकपा एस र ईशनाथ-७ मा कांग्रेसको उम्मेदवार विजयी
गढीमाई-८ मा नेकपा एस र ईशनाथ-७ मा कांग्रेसको उम्मेदवार विजयी
‘भ्यालेन्टाइन डे’मा शिल्पाले फेसबुक बाट व्यक्त गरिन् छविसँगको प्रेम
‘भ्यालेन्टाइन डे’मा शिल्पाले फेसबुक बाट व्यक्त गरिन् छविसँगको प्रेम