‘डंकिनी मोरी’ आयो, कालरात्री ब्याण्डको पुरागमन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
२२ पटक हेरिएको
Shares
‘डंकिनी मोरी’ आयो, कालरात्री ब्याण्डको पुरागमन

सारांश

  • सचिन्द्र श्रेष्ठ ।
  • ‘डंकिनी मोरी’ गीत मार्फ़त कालरात्री ब्याण्डको पुनरागमन भएको छ ।
  • १७ बर्ष अघि म्याग्दी बेनीका स्कुले साथी मिलेर ब्याण्ड बनाउदै आएका सन्दीप श्रेष्ठको नेतृत्वमा ‘कालरात्री ब्याण्डको नया गीत ‘डंकिनी मोरी’ यूट्युव मार्फत सार्वजनिक भएको छ।

सचिन्द्र श्रेष्ठ । ‘डंकिनी मोरी’ गीत मार्फ़त कालरात्री ब्याण्डको पुनरागमन भएको छ । १७ बर्ष अघि म्याग्दी बेनीका स्कुले साथी मिलेर ब्याण्ड बनाउदै आएका सन्दीप श्रेष्ठको नेतृत्वमा ‘कालरात्री ब्याण्डको नया गीत ‘डंकिनी मोरी’ यूट्युव मार्फत सार्वजनिक भएको छ।

ब्याण्डका मुख्य लिड गायक सन्दीप श्रेष्ठले सुरुवात २०५८ सालमा बागलुङको पूजा हलमा ‘द एक्स’ ब्याण्ड सँग कन्सर्ट गरेका थिए । त्यहीबेला उनले आफ्ना केही साथी लिएर ब्याण्ड बनाएका थिए तर सबै साथीले साथलाई निरन्तरता दिन सकेनन्।

सन्दीपले हिम्मत हारेनन् । उनी सधैंभरि लागिपरे । बेलाबेलामा आफ्नो एकल गायन प्रस्तुत गर्दै अघि बढे । विभिन्न नेपाली चलेका गायक गायिकासँग सांगीतिक अभियानलाई अझ थप परिस्कृत गर्न राजधानी छिरे ।

२०६२ सालमा काठमाडौं अध्ययन गर्दा उनलाई संगीतले छोइसकेको थियो त्यही बेला ‘ब्लड ब्लास्टर’ ब्याण्ड सँग मिलेर ‘ओम नम शिवाय’ गीत निकाले। बागलुङको  ‘सोलुब्याण्ड’को सामान भाड़ामा लिएर आफ्ना केही साथी मिलेर म्युजिक सिक्दै संघर्ष गरेको र दशैको कालरात्रीका दिन हरेक वर्ष कार्यक्रम गर्ने गर्दा ब्याण्डको नाम ‘कालरात्री’ राखेको उनी बताउँछन् ।

कालरात्री ब्याण्ड तयार भए पछि ‘बालै भएनु नामक गीत निकाले। त्यस पछि लामो समयको अन्तराल पछि उक्त ब्याण्डले अहिले ‘डंकिनी मोरीु यूट्यूब मार्फत ल्याएका छन।

रचना सहित सन्दीपकै आवाजमा गीत सुन्न र हेर्न सकिन्छ। कन्दरा ब्याण्डका अमृत गुरुङ र ब्याण्डकै कम्पोज़ रहेको म्यूजिक भिडियो धौलागिरीका मनोरम दृश्य गलेश्वर धाम, महारानी थान, कालीगण्डकी रिसोर्ट, मल्लाज दरबारमा छायाङकन गरिएको उक्त भिडियोलाई अनूप बानियाले खिचेका छन भने गीत संगीतमा छुट्टै पहिचान बनाउन सफल लोकप्रिय निर्देशक़ भूपेन खडकाले निर्देशन तथा सम्पादन गरेका छन।

क्रिएटिभ मिडियाको प्रस्तुति रहेको म्यूजिक भिडियोमा मोडल निर्देश र आरोशीको गज्जबको अभिनय देख्न सकिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?