डिआइजी घिमिरेलाई एसपी रावलको सुन्नै नसक्ने गाली
सारांश
- विवादित छबी बनाएका नेपाल प्रहरीका एसपी भोला रावलले आफूभन्दा दुई तह माथिका हाकिमलाई सुन्नै नसक्ने किसिमको लागी गरेका छन् ।
- गोरखा प्रहरी प्रमुख रावलले गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेलाई बुधबार आमाचकारी गाली गरेका हुन् ।
- एसपी रावललाई जिल्लाको ट्राफिक व्यवस्थापनका लागि सचेतनामुलक कार्यक्रम आयोजना गर्न आदेश दिन डिआइजी घिमिरेले पटक पटक फोन गरेपनि रावलले उठाएनन् ।
विवादित छबी बनाएका नेपाल प्रहरीका एसपी भोला रावलले आफूभन्दा दुई तह माथिका हाकिमलाई सुन्नै नसक्ने किसिमको लागी गरेका छन् । गोरखा प्रहरी प्रमुख रावलले गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेलाई बुधबार आमाचकारी गाली गरेका हुन् । एसपी रावललाई जिल्लाको ट्राफिक व्यवस्थापनका लागि सचेतनामुलक कार्यक्रम आयोजना गर्न आदेश दिन डिआइजी घिमिरेले पटक पटक फोन गरेपनि रावलले उठाएनन् । त्यसपछि डीआईजी घिमिरेले प्रदेशको सञ्चारमार्फत एसपी रावललाई आफूलाई फोन गर्न लगाउनू भन्ने आदेश दिए । सञ्चारमा आएको आदेशपछि रावलले घिमिरेलाई फोन गरे । तर, अशिष्ट रुपमा प्रकट ए । गलवन्दी भन्दै एसपी रावलले डीआईजीकै भण्डाफोरमा गीत पनि गाइदिए ।
आमाचकारी गाली पनि गरे । आमाचकारी गाली केहीबेर सुनेपछि घिमिरेले थप सुन्न नसकेर फोन काटिदिए । एसपी रावलले मदिराले मातेर गाली गरेको पाइएको छ । उनी कार्यालय समयमा मदिराले मात्तिएर बसेका थिए । एसपी रावल धेरै दिनदेखी प्रदेश प्रहरी कार्यालयको सम्पर्कमा थिएनन् । सामान्यतया जिल्ला प्रमुखले प्रदेश प्रमुखलाई हरेकदिनजसो रिपोर्टिङ गर्नुपर्ने हुन्छ ।
रावलले तथानाम गाली गरेपछि प्रदेश प्रहरी कार्यालयका एसएसपी हरिराज वाग्ले नेतृत्वको टोलीलाई गोरखा पठाईएको थियो । वाग्ले जिल्ला अस्पतालबाट डाक्टर सुचिता अमात्यको टोली लिएर बुधबार दिउँसो करिब साढे ३ बजे एसपीको निवासमा पुगे । डाक्टरले मापसे जाँच गरेपछि एसएसपी वाग्ले रिपोर्ट लिएर पोखरा फर्किएका थिए ।
एसपी रावलविरुद्ध गण्डकी प्रदेश प्रहरी कार्यालयले छानबिन शुरु गरेको छ । कारबाहीको प्रक्रिया स्वरुप रावललाई गण्डकी प्रदेश प्रहरी कार्यालयले स्पष्टीकरण सोधिसकेको छ । उनलाई जिम्मेवारीबाट हटाएर त्यहाँ नयाँ एसपी पठाउने बारेमा प्रहरी मुख्यालयमा बिहिवार छलफल भएको बताइन्छ ।
प्रतिक्रिया