तुलसीपुरका मेयर पाण्डे ताइवान पुगेर किन भेटे एनआरएन अध्यक्ष भट्टलाई ?
सारांश
- ताइवान , १५ चैत्र ।
- तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्टसँग ताइवानमा भेट गरेका छन् ।
- ताइवानको ताइपेइ शहरमा भइरहेको स्मार्ट सिटी सम्मेलनमा भाग लिन आएको अवसर पारेर पाण्डेले भट्टसँग भेट गरेका हुन् ।
ताइवान , १५ चैत्र । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्टसँग ताइवानमा भेट गरेका छन् । ताइवानको ताइपेइ शहरमा भइरहेको स्मार्ट सिटी सम्मेलनमा भाग लिन आएको अवसर पारेर पाण्डेले भट्टसँग भेट गरेका हुन् ।
भेटका क्रममा तुलसीपुर उपमहानगरपालिकाभित्र गैरआवासीय नेपालीहरुको लगानी भित्रायाउने बारेमा कुराकानी भएको थियो । तुलसीपुरमा बृहत लगानी गर्नका लागि आफू तयार रहेको र त्यसका लागि ठूला परियोजना निर्माण गर्नका लागि अध्यक्ष भट्टले पाण्डेलाई आग्रह गरेका थिए । उनले अस्पताल, होटल, पर्यटन लगायतका विभिन्न क्षेत्रमा लगानी गर्नका लागि आफूहरु तयार रहेको समेत बताएका थिए । जापानमा लामो समयदेखि व्यवसायमा संलग्न रहँदै आएका भ्टटले जापानका विभिन्न शहरहरुसँग भगिनी सम्बन्ध स्थापित गरेर तुलसीपुरको विकास र समृद्धिका लागि काम गर्ने प्रतिवद्धता जनाएका थिए ।
“तपाईहरुले गर्नुभएको कामका बारेमा मिडियाबाट थाहा पाइरहेको छु । म तपाईहरुसँग काम गर्न इच्छुक छु । योजना बनाएर आउनुहोस्” अध्यक्ष भट्टले भेटका क्रममा भने । युवा उद्यमशीलताको विकासका लागि विभिन्न कार्यक्रहरु सञ्चालन गर्ने, तुलसीपुर घुम्न जाउँ अभियानमार्फत पर्यटन क्षेत्रको विकास गर्ने र तुलसीपुरको फोहर व्यवस्थापनका लागि नयाँ ढँगले काम गर्ने सहमति भएको तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिएका छन् ।
एनआरएनका अध्यक्ष भट्टले तुलसीपुर उपमहानगरले सञ्चालन गर्न थालेको मेट्रो कलेजमा साझेदारी र सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । तुलसीपुर उपमहानगरको भ्रमण गर्न इच्छुक हरेको भन्दै भट्टले तत्काल भ्रमणका लागि समय व्यवस्थापन गर्ने समेत बताएका छन् । मेयर पाण्डे र अध्यक्ष भट्टका बीचमा परियोजनाको खाका निर्माण गरेसँगै सहमति पत्रमा हस्ताक्षर गरेर काम अगाडि बढाउने समेत सहमति भएको छ ।
Prakash Tripathi
Bhetnai nahune kaha lekhya chha ra, patrukar ko kam chhaina, falanale kina chiya khayo, chiya khayena bhane kina khayena, timro patrakarita dekhda ni dukha lagera aauchha.