दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा नेपालले युएईलाई ३ विकेटले हरायो

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०८०
|
|
३२ पटक हेरिएको
Shares
दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा नेपालले युएईलाई ३ विकेटले हरायो

सारांश

  • काठमाडौं।
  • जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज भएको सातौँ स्थानको प्लेअफ खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई ३ विकेटले हराएको छ।
  • जिम्बावेको हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा भएको खेलमा १८२ रनको लक्ष्य पाएको नेपालले ४४ औं ओभरमा पूरा गर्‍यो।

काठमाडौं। जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज भएको सातौँ स्थानको प्लेअफ खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई ३ विकेटले हराएको छ।

जिम्बावेको हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा भएको खेलमा १८२ रनको लक्ष्य पाएको नेपालले ४४ औं ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा दीपेन्द्र सिंह ऐरी ८५ बलमा ७ चौका र २ छक्कासहित ७९ रनमा नटआउट रहे भने सन्दीप लामिछानेले ३७ बलमा २ चौकासहित २३ रन जाडे।

१०६ रन बनाउँदा ७ विकेट गुमाएर दबावमा परेको नेपाललाई दीपेन्द्र र सन्दीपले आठौं विकेटका लागि नट आउट ७९ रनको साझेदारी गर्दै जिताएका हुन् ।

सातौं विकेटका लागि दीपेन्द्रले गुलशन झासँग ४३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। गुलशन २४ बलमा १ चौकासहित १२ रनमा आउट भए ।

ज्ञानेन्द्र मल्ल १३ रनमा क्याच आउट हुन पुगे। अरु ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

टस हारेर पहिले ब्याटिङ थालेको युएई ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनायो । युएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ७५ बलमा ४ चौकाको मद्दतमा ४४ रन बनाएका हुन् ।

त्यस्तै रोहन मुस्तफालले ३५ रन बनाए भने आर्यांश शर्र्माले २८ रन जोडे । बसिल हमिदले २९ रन बनाए भने सञ्चित शर्माले १२ रन तथा रमिज शाहजादले १० रन बनाए । बलिङतर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले समान ३र३ विकेट लिए भने प्रतिस जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?