नेकपाका प्रवक्तालाइ कांग्रेस नेताको उद्योगमा आगजनी गरेको मुद्दा

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
नेकपाका प्रवक्तालाइ कांग्रेस नेताको उद्योगमा आगजनी गरेको मुद्दा

सारांश

  • काठमाडाै, ३ भदाै ।
  • प्रहरीले नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपाका प्रबक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई कांग्रेस नेता कुन्साङ लामाको क्रसर उद्योगमा आगजनी गर्ने समूहको मुख्य अभियुक्त रहेको दावी गरेको छ।
  • आगजनी मुद्दामा पक्राउ परेका नेकपाका पोलिटब्युरो सदस्य कृष्ण धमला (गम्भीर) र मोहन कार्की (जीवन्त) समेतलाई प्रतिवादी बनाएर संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले प्रकाण्डलाई पनि सोही मुद्दामा मुछेको हो।

काठमाडाै, ३ भदाै । प्रहरीले नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपाका प्रबक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई कांग्रेस नेता कुन्साङ लामाको क्रसर उद्योगमा आगजनी गर्ने समूहको मुख्य अभियुक्त रहेको दावी गरेको छ। आगजनी मुद्दामा पक्राउ परेका नेकपाका पोलिटब्युरो सदस्य कृष्ण धमला (गम्भीर) र मोहन कार्की (जीवन्त) समेतलाई प्रतिवादी बनाएर संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले प्रकाण्डलाई पनि सोही मुद्दामा मुछेको हो।

काभ्रे प्रहरी प्रमुख एसपी रविराज खड्काले पक्राउ परेका तीनजनालाई संगठित अपराधमा म्याद लिएर अनुसन्धान हुने बताए । यसअघि नै पक्राउ परेका धमला र कार्की बिरुद्ध अनुसन्धान भईरहेको खड्काले जानकारी दिए।

‘आजै (आइतबार) उहाँलाई अदालतमा उपस्थित गराउँदै छौँ’ खण्डकाले भने, ‘उहाँले क्रसरमा आगजनी गरेको अभियोगमा अनुसन्धान जारी छ।’ लामाले नमोबुद्ध–६ मा सञ्चालन गरेका क्रसरमा गत १ बैशाखमा बिप्लब समूहका कार्यकर्ताले आगजनी गरेका थिए। आगजनीमा २ वटा स्काभेटर, एउटा जेसीबी, ४ वटा ट्रिपर र एउटा जेनेरेटर जलेर नष्ट भएको थियो। जबर्जस्ती चन्दा असुलीको अभियोगमा पक्राउ परेका प्रकाण्डलाई शुक्रबारै न्यायाधीशद्वय चोलेन्द्र समशेर जबरा र तेजबहादुर केसीको इजलासले रिहा गर्न आदेश दिएका थियो।

सर्वोच्चको आदेशपछि अदालतबाट बाहिरिँदै गर्दा प्रकाण्डलाई प्रहरीले पुनः पक्राउ गरेर शुक्रबार राती काभ्रे प्रहरीलाई बुझाएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारसँग भएको सहमति कार्यान्वयन गर्न थाल्यौँः चितवन मेडिकल कलेज
सरकारसँग भएको सहमति कार्यान्वयन गर्न थाल्यौँः चितवन मेडिकल कलेज
विमानस्थलमा एयर बंगलाको विमान दुर्घटना
विमानस्थलमा एयर बंगलाको विमान दुर्घटना
प्रधानमन्त्री ओलीले सातवटै सरकारका प्रमुखहरुलाई किन बोलाए? पहिलो छलफल हुँदै
प्रधानमन्त्री ओलीले सातवटै सरकारका प्रमुखहरुलाई किन बोलाए? पहिलो छलफल हुँदै
पाँच स्रष्टा पुरस्कृत एवं सम्मानित
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती महोत्सव–२०७४ को सम्पूर्ण तयारी पूरा !
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती महोत्सव–२०७४ को सम्पूर्ण तयारी पूरा !
चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने आयोगको प्रस्ताव
चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने आयोगको प्रस्ताव
यस्तो छ आइतबार विदेशी मुद्राको विनिमयदर
यस्तो छ आइतबार विदेशी मुद्राको विनिमयदर
शान्ति विरोधी विखण्डनकारीलाई निस्तेज पार्ने : गृहमन्त्री
शान्ति विरोधी विखण्डनकारीलाई निस्तेज पार्ने : गृहमन्त्री
प्रचण्डको सभामा बम विस्फोट , सर्वसाधारणको भागाभाग ।
प्रचण्डको सभामा बम विस्फोट , सर्वसाधारणको भागाभाग ।
वामपन्थीको  एकताका तीन आधार देखे झलनाथले ,के के होलान् त ?
वामपन्थीको एकताका तीन आधार देखे झलनाथले ,के के होलान् त ?

तपाईंले छुटाउनुभयो कि?