नेकपा सचिवालयको बैठक: अन्तरिम विधान र नियमावलीलाई अन्तिम रुप दिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
नेकपा  सचिवालयको बैठक: अन्तरिम विधान र नियमावलीलाई अन्तिम रुप दिने

सारांश

  • असार २६, काठमाण्डौं ।
  • नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको बैठक बसिरहेको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीको अन्तरिम विधान र नियमावलीलाई अन्तिम रुप दिएर प्रकाशनका लागि पठाउने बताइएको छ ।

असार २६, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीको अन्तरिम विधान र नियमावलीलाई अन्तिम रुप दिएर प्रकाशनका लागि पठाउने बताइएको छ ।

यसअघि बसेको नेकपा सचिवालय बैठकले नियमावली र विधानलाई अन्तिम रुप दिन नेताहरु बामदेव गौतम, रामबहादुर थापा बादल र विष्णु पौडेल रहेको कार्यदल गठन गरेको थियो ।

नेकपा एमाले र नेकपा माओबाद केन्द्र एकीकृत भएपछि विधान र नियमावलीको टुंगो नलाग्दा तल्ला कमिटिहरु र जनबर्गीय संगठनहरुको एकता प्रभावित हुँदै आएको छ ।

यद्यपि, कमिटीहरु र जनबर्गीय संगठनहरुको एकताका लागि कार्यदल गठन भई काम अघि बढिरहेको छ ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?