कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण जरुरी : सभामुख घर्ती

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १६, २०७५
|
|
१८ पटक हेरिएको
Shares
कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण जरुरी : सभामुख घर्ती

सारांश

  • दाङ, १६ भदौ ।
  • प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले कृषिलाई आधुनिकिकरण र व्यवसायीकरण नगरेसम्म आर्थिक समृद्धि हासिल हुन नसक्ने बताएका छन् ।
  • देउखुरीका विभिन्न कृषि फर्महरुको शनिवार अनुगमनपश्चात बोल्दै सभामुख घर्तीले परम्परागत कृषि प्रणाली र उत्पादित वस्तुलाई बजारीकरण गर्न नसक्दा किसानहरुको जीवनस्तर उठन नसकेको बताए ।

दाङ, १६ भदौ । प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले कृषिलाई आधुनिकिकरण र व्यवसायीकरण नगरेसम्म आर्थिक समृद्धि हासिल हुन नसक्ने बताएका छन् । देउखुरीका विभिन्न कृषि फर्महरुको शनिवार अनुगमनपश्चात बोल्दै सभामुख घर्तीले परम्परागत कृषि प्रणाली र उत्पादित वस्तुलाई बजारीकरण गर्न नसक्दा किसानहरुको जीवनस्तर उठन नसकेको बताए ।

सभामुख घर्तीमगरले नेपाल कृषिप्रधान देश भएको र कृषिमा उचित लगानी र प्रविधि भित्रिन नसक्दा भनेजस्तो उत्पादन हुन नसकेको बताए । उनले कृषिमैत्री वातावरण, लगानीमैत्री वातावरण र कृषिमा उचित सुविधा उपलब्ध गराएर कृषकहरुलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, “राज्यले कृषि विमा, सहुलियत क्रण, मल, विऊ र प्रविधिमा सहयोग गर्नु जरुरी छ ।”

अहिले देशमा नयाँ कानून बन्ने प्रक्रियामा रहेको र राज्यले कृषिमार्फत समृद्धिको सपना देखेकाले कृषिमैत्री कानून आवश्यक रहेको पनि उनको धारणा थियो । उनले पाँच नम्बर प्रदेशमा कानून निर्माण गर्दा कृषकमैत्री कानून निर्माणमा जोड दिने प्रतिवद्धता पनि जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?