पाल्पा लोक आइडलमा धनमाया विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ९, २०७५
|
|
३९ पटक हेरिएको
Shares
पाल्पा लोक आइडलमा धनमाया विजयी

सारांश

  • पाल्पा, ९ मङ्सिर, तानसेनको श्रीनगर सामुदायिक टेलिभिजनद्वारा सञ्चालित ‘पाल्पा लोक आइडल’ मा धनमाया दिसुवा विजयी बन्न सफल हुनुभएको छ ।
  • शनिबार साँझ सम्पन्न कार्यक्रममा पाल्पा आइडल हुनुभएकी दिसुवा नगद रु एक लाख र प्रमाणपत्रद्वारा सम्मानित हुनुभएको छ ।
  • प्रतियोगिताको फस्ट रनरअप कमल नेपाली र सेकेण्ड रनर अपका रुपमा ओमप्रकाश सिञ्जाली बन्न सफल हुनुभएको हो ।

पाल्पा, ९ मङ्सिर, तानसेनको श्रीनगर सामुदायिक टेलिभिजनद्वारा सञ्चालित ‘पाल्पा लोक आइडल’ मा धनमाया दिसुवा विजयी बन्न सफल हुनुभएको छ ।

शनिबार साँझ सम्पन्न कार्यक्रममा पाल्पा आइडल हुनुभएकी दिसुवा नगद रु एक लाख र प्रमाणपत्रद्वारा सम्मानित हुनुभएको छ । प्रतियोगिताको फस्ट रनरअप कमल नेपाली र सेकेण्ड रनर अपका रुपमा ओमप्रकाश सिञ्जाली बन्न सफल हुनुभएको हो । गत पुस १५ गतेदेखि शुरु भएको ‘पाल्पा लोक आइडल’मा बगनासकालिका नैना परियार, रम्भा गाउँपालिकाका ओमप्रकाश सिञ्जाली र कमल नेपाली, रामपुरका दिलीप मानन्धर र निस्दी गाउँपालिकाकी धनमाया दिसुवा उत्कृष्ट पाँचमा प्रतिपस्र्धा भएको थियो ।

जिल्लाको दशवटै स्थानीय तहमा सञ्चालन भएको अडिसनबाट १३८ प्रतिस्पर्धी छनौटमा हुँदै पाँच जनाबीच अन्तिम राउण्डमा प्रतिपस्र्धा भएको थियो ।
कार्यक्रममा राजनीतिक वार्ताटोलीका संयोजक सोमप्रसाद पाण्डेले स्थानीय कला, लोकसंस्कृतिको जगेर्नाका लागि सबैले चासो दिनुपर्ने बताउनुभयो । पश्चिमी संस्कृतिका कारण नेपाली संस्कृति हराउँदै गएकाले नेपाली लोकसंस्कृतिको संरक्षण आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा ५ नं प्रदेशका सांसद डा पुरन बज्रचार्य, वीरबहादुर राना, नेकपाका खिमान्द्र पाण्डेय, नेपाली काङ्ग्रेस पाल्पाका सचिव अजयमान कर्माचार्य, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसी, तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती र पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर सारु, पाल्पाका प्रजिअ मनोहरप्रसाद खनालले हराउँदै गएको लोकसंस्कृति संरक्षणका लागि लोक आइडल प्रतियोगिता आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्राफिक प्रहरी भन्छन्, तलबले लुगा धुने कि पेट पाल्ने
ट्राफिक प्रहरी भन्छन्, तलबले लुगा धुने कि पेट पाल्ने
मन्त्री र सचिवहरूको कार्यशैलीप्रति प्रधानमन्त्री असन्तुष्ट
मन्त्री र सचिवहरूको कार्यशैलीप्रति प्रधानमन्त्री असन्तुष्ट
कोरोनाबाट अमेरिकामा एकैदिन एक हजार भन्दा बढीको मृत्यु
कोरोनाबाट अमेरिकामा एकैदिन एक हजार भन्दा बढीको मृत्यु
नेपालकै पहिलो मिडिया फेस्टिभलको अन्तिम तयारीः के के हुन्छ फेष्टिभलमा ?
नेपालकै पहिलो मिडिया फेस्टिभलको अन्तिम तयारीः के के हुन्छ फेष्टिभलमा ?
समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकार प्रतिबद्ध भएर लाग्ने राष्ट्रपतिको विश्वास (पूर्णपाठ)
समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकार प्रतिबद्ध भएर लाग्ने राष्ट्रपतिको विश्वास (पूर्णपाठ)
अधिकारकर्मी खतिवडाको प्रश्न: सेवाको लागी पहुँचवालाहरु वाट सिफारीस गर्ने कहिलेसम्म ?
अधिकारकर्मी खतिवडाको प्रश्न: सेवाको लागी पहुँचवालाहरु वाट सिफारीस गर्ने कहिलेसम्म ?
प्रधानमन्त्री ओली कठोर निर्णय लिदै
प्रधानमन्त्री ओली कठोर निर्णय लिदै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक बाहेक सबै सेवा बन्द गरिने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक बाहेक सबै सेवा बन्द गरिने
भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई शुभकामना
भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई शुभकामना
‘जमरा’को जुस पिउने बढे, यस्ताे छ फाइदा!
‘जमरा’को जुस पिउने बढे, यस्ताे छ फाइदा!