नेपाललाई जित्नैपर्ने दबाब, कप्तान विराज किर्तिमान नजिक !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, २१ भदौ ।
  • बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलमा दोस्रो खेल अन्तर्गत बिहिबार नेपालले भुटानसँग भिड्दैछ ।
  • पहिलो खेलमा हार व्यहोरेको नेपाल जित निकाल्न दबाब रहेको छ ।

काठमाडौँ, २१ भदौ । बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलमा दोस्रो खेल अन्तर्गत बिहिबार नेपालले भुटानसँग भिड्दैछ । पहिलो खेलमा हार व्यहोरेको नेपाल जित निकाल्न दबाब रहेको छ ।

मंगलबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको थियो । नेपाल रहेको समूह ए मा नेपाल सहित पाकिस्तान, भुटान र बंगलादेश रहेका छन् । भने समूह बि मा छ पटकको विजेता भारत, श्रीलंका र मालदिव्स रहेका छन् । दुवै समुहबाट उत्कृष्ट दुई टोलि सेमिफाईनल खेल्नेछन् ।

नेपालका कप्तान विराज महर्जन राष्ट्रिय किर्तिमानको नजिक रहेका छन् । उनी नेपाली फूटबल टिमको लागि सबैभन्दा बढि पटक मैदानमा उत्रिने खेलाडी बन्न लागेका हुन् । यतिबेला उनी आफ्नै पूर्व प्रशिक्षक राजुकाजी शाक्यको ६८ खेलको किर्तिमानसँग बराबरी गरिरहेका छन् । आज भुटानसँगको खेलसँगै उनको त्यो संख्या ६९ हुनेछ ।

कप्तान विराज महर्जनले नेपालको कप्तानी सम्हालेर १५ खेल खेलेका छन् । भने उनकै कप्तानीमा नेपालले तीन उपाधी पनि जितेको छ । विराजले नेपाललाई बंगबन्धु गोल्डकप र सोलिडारिटि कपको उपाधि दिलाएका थिए भने सन २०१६ को साग गेम्समा गोल्ड मेडल पनि जिताएका थिए । समग्रमा सफल कप्तानका रुपमा चिनिएका विराज आफ्नो करिअरको सुखद अन्त्य गर्न चाहन्छन् । त्यसैले पनि यो पटकको साफ च्याम्पियनसिप उनको लागि महत्वपूर्ण रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको बिदेशी मुद्राको बिनिमय दर
आजको बिदेशी मुद्राको बिनिमय दर
जनकपुरलाई प्रदेश राजधानी बनाउन कांग्रेसले गृहकार्य शुरु गर्‍यो: निधि
जनकपुरलाई प्रदेश राजधानी बनाउन कांग्रेसले गृहकार्य शुरु गर्‍यो: निधि
एक बोतल रक्सीको ४५ लाख
एक बोतल रक्सीको ४५ लाख
पूर्वाधार आयोजना चाँडो सक्ने गरी बजेट विनियोजन, २० वटा संस्था खारेज
पूर्वाधार आयोजना चाँडो सक्ने गरी बजेट विनियोजन, २० वटा संस्था खारेज
नग्न तस्वीर भाइरल भएपछि तनावमा सुन्दरी गायिका
नग्न तस्वीर भाइरल भएपछि तनावमा सुन्दरी गायिका
जन्मिएको छोरा तर जुनी नफेरी कसरी भइन् लोभलाग्दी सुन्दरी ? अझै के के चाहना ? (फोटोसहित)
जन्मिएको छोरा तर जुनी नफेरी कसरी भइन् लोभलाग्दी सुन्दरी ? अझै के के चाहना ? (फोटोसहित)
सर्वोच्चको आदेश : चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न
सर्वोच्चको आदेश : चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न
खेलकुदमय पूर्वी नेपाल…सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु!!!
खेलकुदमय पूर्वी नेपाल…सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु!!!
सरकारले गर्याे स्थानीय तहकाे केन्द्र परिवर्तन, यी हुन नयाँ केन्द्रहरू
सरकारले गर्याे स्थानीय तहकाे केन्द्र परिवर्तन, यी हुन नयाँ केन्द्रहरू
एमाले सचिवालय बैठक : कोशी प्रदेश सरकार भंग गर्न माग
एमाले सचिवालय बैठक : कोशी प्रदेश सरकार भंग गर्न माग