आइसक्रिम खुवाएर सबै लुटेर लग्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
१८ पटक हेरिएको
Shares
आइसक्रिम खुवाएर सबै लुटेर लग्यो

सारांश

  • कञ्चनपुर ।
  • पैसा कमाउन भारत पुगेका एक युवा घर फर्कने क्रममा भारतमा लुटिएका छन् ।
  • नयाँ दिल्लीबाट फर्कदै गरेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका ३६ वर्षीय रमेश तिरुवा भारतमा लुटिएका हुन् ।

कञ्चनपुर । पैसा कमाउन भारत पुगेका एक युवा घर फर्कने क्रममा भारतमा लुटिएका छन् । नयाँ दिल्लीबाट फर्कदै गरेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका ३६ वर्षीय रमेश तिरुवा भारतमा लुटिएका हुन् ।

बसमा संगै बसेर आएका भारतीय युवाले दिएको आइसक्रिम दिएका थिए । आइसक्रिम खाए लगत्तै रमेश बेहोस बनेपछि बरेलीको रामनगर नजिकैबाट लुटेराले सबै सामान लगेको थियो ।

“सँगै बसेका युवाले आइसक्रिम खान दियो, आफूले पनि खायो” पीडित तिरुवाले भने, “छ महिी काम गरेर कमाएर ल्याएको भारतीय ४० हजार र परिवारका लागि ल्याएको कपडा सबै लुटेराले लुटेर लगेको छ ।”

बेहोस अवस्थामै सीमावर्ती बजार बनवासा पुगेपछि नेपालीको सहयोगमा उनी घर पुगेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?