पाकिस्तानको शानदार जित, दक्षिण अफ्रिकाको सेमिफाइनल दौड समाप्त

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ९, २०७६
|
|
२४ पटक हेरिएको
Shares
पाकिस्तानको शानदार जित, दक्षिण अफ्रिकाको सेमिफाइनल दौड समाप्त

सारांश

  • काठमाडौं ।
  • विश्व कप क्रिकेटमा सँधै चोकर्सको आरोप लाग्दै आएको दक्षिण अफ्रिका विश्व कपको १२ औं संस्करणमा पनि सो आरोप मुक्त हुन नसक्ने देखिएको छ ।
  • प्रतियोगिता शुरु हुन्दा पहिला सँधै उपाधि दाबेदार मानिने तर, प्रतियोगितामा कहिल्यै राम्रो प्रदर्शन नगर्ने दक्षिण अफ्रिकाको पहिचान भइसकेको छ ।

काठमाडौं । विश्व कप क्रिकेटमा सँधै चोकर्सको आरोप लाग्दै आएको दक्षिण अफ्रिका विश्व कपको १२ औं संस्करणमा पनि सो आरोप मुक्त हुन नसक्ने देखिएको छ । प्रतियोगिता शुरु हुन्दा पहिला सँधै उपाधि दाबेदार मानिने तर, प्रतियोगितामा कहिल्यै राम्रो प्रदर्शन नगर्ने दक्षिण अफ्रिकाको पहिचान भइसकेको छ ।

आइतबार लडर्समा पाकिस्तानसँग पराजित भएपछि दक्षिण अफ्रिकाको सेमिफाइनल दौड सकिएको छ । दक्षिण अफ्रिकाले हालसम्म ७ खेल खेल्दा एक जित हात पारेको छ भने एक खेल रद्द भएको छ । बाँकी ५ खेलमा पराजित हुन पुगेको छ ।

उता जितपछि पाकिस्तानले भने आफ्नो सेमिफाइल दौड जीवितै राखेको छ । उसले प्रतियोगितामा दोस्रो जित हात पारेको हो । उसले यसअघि इंग्ल्याण्डलाई पराजित गरिसकेको छ । ६ खेलबाट पाकिस्तानको दुई जित र एक रद्दसहित ५ अंक भएको छ । उ अंक तालिकाको ७ औं स्थानमा उक्लिएको छ । उसले बाँकी ३ खेलमा जित हात पारे सेमिफाइलन प्रवेश गर्ने छ ।

आइतबार लडर्समा पहिला ब्याटिंग गरेको पाकिस्तानले ७ विकेटमा ३०८ रन बनाएको थियो । जवाफी ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ९ विकेटमा २५९ रनमात्र बनाउन सक्यो । पाकिस्तानलाई ४९ रनको जित दिलाउन वाहब रियाज र शादव खानले ३–३ विकेट लिए भने प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिनेको सूचीमा दोस्रो स्थानमा रहेका मोहम्मद आमिरले २ विकेट लिए ।

यसअघि पाकिस्तानका लागि ह्यारिस सोहेलले विष्फोटक ८९ रन बनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?