पाकिस्तानमा आज अविश्वासको प्रस्तावमाथि मतदान हुँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २०, २०७८
|
|
२३ पटक हेरिएको
Shares
पाकिस्तानमा आज अविश्वासको प्रस्तावमाथि मतदान हुँदै

सारांश

  • पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आज आइतबार मतदान हुँदैछ ।
  •  पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा आइतबार हुन लागेको मतदानमा उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री खानको सरकार ढल्ने छ ।
  • अविश्वास प्रस्ताव पारित भएमा विपक्षी गठबन्धनले पूर्व प्रधानमन्त्री नवाज सरिफका भाइ सहबाज सरिफलाई नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आज आइतबार मतदान हुँदैछ । पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा आइतबार हुन लागेको मतदानमा उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री खानको सरकार ढल्ने छ ।

अविश्वास प्रस्ताव पारित भएमा विपक्षी गठबन्धनले पूर्व प्रधानमन्त्री नवाज सरिफका भाइ सहबाज सरिफलाई नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भएका छन् ।

आफूविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि मतदान हुने ठिक एक दिनअघि प्रधानमन्त्री खानले आफ्ना समर्थकहरुलाई सडकमा उत्रिन आह्वान गरेका थिए । विपक्षीहरुले खानमाथि देशमा आर्थिक संकट निम्त्याएको आरोप लगाउँदै आएका छन् ।

सत्ता सहयात्री केही दलहरु विपक्षी मोर्चामा आवद्ध भएकाले ३ सय ४२ सदस्य रहेको तल्लो सदनमा सत्तारुढ तेहरिक–इ–इन्साफ (पीटीआई) पार्टीले बहुमत गुमाएको छ ।

पूर्व क्रिकेटर प्रधानमन्त्री खानले पदबाट राजीनामा नदिने र अन्तिम बल रहेसम्म संघर्ष गरिरहने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?