सिरहामा उम्मेद्वार छनोटको विषयलाई लिएर खुकुरी हानाहान

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २१, २०७४
|
|
२४ पटक हेरिएको
Shares
सिरहामा उम्मेद्वार छनोटको विषयलाई लिएर खुकुरी हानाहान

सारांश

  • सिरहा ।
  • २ नम्बर प्रदेशमा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह तेस्रो चरणको निर्वाचनको लागि उम्मेदवार छनौटको विषयलाई लिएर सिरहामा नेपाली कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ ।
  • बुधबार सिरहा नगरपालिकाको मेयरमा कांग्रेसले पार्टी कोषाध्यक्ष सितादेवी यादवको छोरा डा सुवासचन्द्र यादवलाई उठाउने भएपछि पार्टी कार्यालयमा भएको खुकुरी हानाहानमा कांग्रेसका १० कार्यकर्ता घाइते भएका छन् ।

सिरहा । २ नम्बर प्रदेशमा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह तेस्रो चरणको निर्वाचनको लागि उम्मेदवार छनौटको विषयलाई लिएर सिरहामा नेपाली कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ ।

बुधबार सिरहा नगरपालिकाको मेयरमा कांग्रेसले पार्टी कोषाध्यक्ष सितादेवी यादवको छोरा डा सुवासचन्द्र यादवलाई उठाउने भएपछि पार्टी कार्यालयमा भएको खुकुरी हानाहानमा कांग्रेसका १० कार्यकर्ता घाइते भएका छन् ।

सिरहा क्षेत्र नम्बर ३ का सभापति संजय प्रकाश यादवले मंगलवार साँझ पार्टी कार्यालयमा सिरहा नगरपालिकामा सिफारिस भएका वडा अध्यक्षहरुको लागि मनोयन पत्र लिन पुुगेका थिए । तर, उनलाई कार्यालयका सचिव रामबाबु यादवले दिएनन् ।

बुुधवार पुनः मनोयन पत्रका लागि जाँदा पनि कार्यालय सचिव रामबाबु यादवले विवाद गरेपछि झडप भएको हो । उम्मेदवारी दर्ता गर्ने क्रममा पार्टी सचिव उपेन्द्र यादवले सुवाचन्द्रको विरोध गरेपछि विवाद सृजना भएको थियो । यादवले सिरहा नगरपालिकामा मेयरको दाबी गरेका थिए ।

विवादले उग्ररुप लिँदा खुकुरी हानाहान भएको हो । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अहिले घटनास्थलमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५००० वर्षदेखि जिवितै छन् द्रोणाचार्य पुत्र – अश्वत्थामा, क–कसले भेटे अहिलेसम्म ?
५००० वर्षदेखि जिवितै छन् द्रोणाचार्य पुत्र – अश्वत्थामा, क–कसले भेटे अहिलेसम्म ?
मेलम्चीको नयाँ भाका, १५ महिनापछि पानी वितरण, पत्याउनु हुन्छ ?
मेलम्चीको नयाँ भाका, १५ महिनापछि पानी वितरण, पत्याउनु हुन्छ ?
३६ क्षेत्रमा मत गणना जारी – एमाले १८, माओवादी १३ र कांग्रेस ३ स्थानमा अगाडि
३६ क्षेत्रमा मत गणना जारी – एमाले १८, माओवादी १३ र कांग्रेस ३ स्थानमा अगाडि
शरण लिएको स्थानमा नै इजरायली हमला, १४ प्यालेस्टाइनीको मृत्यु
शरण लिएको स्थानमा नै इजरायली हमला, १४ प्यालेस्टाइनीको मृत्यु
महोत्तरीः लोहारपट्टी नगरपालिकामा कांग्रेस विजयी
महोत्तरीः लोहारपट्टी नगरपालिकामा कांग्रेस विजयी
बैशाख ६ गते शनिबारको राशिफल यस्तो छ
बैशाख ६ गते शनिबारको राशिफल यस्तो छ
लुम्बिनी सरकारको प्रगति समीक्षा : योजना कार्यान्वयनमा केन्द्रित हुन निर्देशन
लुम्बिनी सरकारको प्रगति समीक्षा : योजना कार्यान्वयनमा केन्द्रित हुन निर्देशन
एमालेबाट बागी उम्मेद्वारी दिएका शर्माको सदस्यता खारेज !
एमालेबाट बागी उम्मेद्वारी दिएका शर्माको सदस्यता खारेज !
अज्ञात समूहद्वारा ३ हजार बढि केराको बोट काटेर सखाप !
अज्ञात समूहद्वारा ३ हजार बढि केराको बोट काटेर सखाप !
साउनको पहिलो सोमबारः भगवान शिवको पुजाआराधना गरि मनाईंदै
साउनको पहिलो सोमबारः भगवान शिवको पुजाआराधना गरि मनाईंदै

तपाईंले छुटाउनुभयो कि?