प्रधानमन्त्री ओली आफैले निरीक्षण गरे सीको सवारी हुने सडक

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २५, २०७६
|
|
४५ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली आफैले निरीक्षण गरे सीको सवारी हुने सडक

सारांश

  • चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई उच्च महत्व दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आज सी सवारी हुने सडकमा पुगी जानकारी लिएका छन्।
  • सरकारले सो क्षेत्रमा कलात्मक सौन्दर्यसहित स्वागतका लागि विभिन्न तयारी गरेको छ।
  • सोबारे जानकारी लिन प्रधानमन्त्री ओली आज बिहान ६ः३० बजे नै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलदेखि सोल्टीमोडसम्मको सडकमा निस्किएका थिए।

चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई उच्च महत्व दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आज सी सवारी हुने सडकमा पुगी जानकारी लिएका छन्।

सरकारले सो क्षेत्रमा कलात्मक सौन्दर्यसहित स्वागतका लागि विभिन्न तयारी गरेको छ। सोबारे जानकारी लिन प्रधानमन्त्री ओली आज बिहान ६ः३० बजे नै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलदेखि सोल्टीमोडसम्मको सडकमा निस्किएका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले भ्रमणका कार्यसूचीलगायत सम्पूर्ण तयारीका पक्षमा प्रधानमन्त्री ओलीले नजिकबाट चासो दिँदै आउने क्रममा सडकको अवस्था बुझेको जानकारी दिए।

प्रधानमन्त्री ओलीले सीका लागि स्वागत गर्दा नेपाली कलाकारबाट प्रस्तुत गरिने चिनियाँ सङ्गीत शुक्रबार श्रवणसमेत गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिवसीय भ्रमणका लागि राष्ट्रपति सी आज अपराह्न काठमाडौँ आउँदै छन्।

सीको भ्रमण तालिका
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि आज शनिबार नेपाल आउँदैछन् । सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट हुन लागेको हो । सीको नेपाल भ्रमणको बेला नेपाल र चीनबीच द्विपक्षीय हीत र विभिन्न परियोजनामा सम्झौता गर्ने कार्यक्रम छ । राष्ट्रपति सीको भ्रमणलाई लिएर सरकारले स्वागतको भव्य तयारी गरेको छ ।

नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति सीको भ्रमणको समयमा प्रयोग हुने चारवटा बुलेट प्रुफ कार मंगलबार मात्रै चीनबाट ल्याइएको थियो । एयर चाइनाको कार्गो विमानमा ल्याइएका उक्त कार नेपालस्थित चिनियाँ दूतावासमा राखिएको स्रोतले जानकारी दिएको छ ।

शनिबारः बेलुकी करिब ४ः३० देखि ५ः३० बजे सम्ममा त्रिभुवन विमानस्थलमा उत्रने । करिब ६ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट गर्ने । करिब ७ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने ।

आइतबारः करिब १०ः३० बजे द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने । करिब १२ः३० बजे नेपालको दुई दिने भ्रमण पूरा गरी स्वदेश फर्कने

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता
फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता
लौ खुल्यो सपोर्ट माइक्रोफाइनान्सको आईपीओ
लौ खुल्यो सपोर्ट माइक्रोफाइनान्सको आईपीओ
कावासोतीमा बस दुर्घटना, एकको मृत्यु, २५ घाइते
कावासोतीमा बस दुर्घटना, एकको मृत्यु, २५ घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका हाडजोर्नी विशेषज्ञहरू छिनेकाे हात जाेड्न सफल
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका हाडजोर्नी विशेषज्ञहरू छिनेकाे हात जाेड्न सफल
बिना अनुमति नेपालमा रामदेवको लगानी ! रास्त्रपति देखि प्रधानमन्त्री सम्मको साथ
बिना अनुमति नेपालमा रामदेवको लगानी ! रास्त्रपति देखि प्रधानमन्त्री सम्मको साथ
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी कार्कीले सम्हाले जिम्मेवारी
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी कार्कीले सम्हाले जिम्मेवारी
सांसद बन्न नसकेका बामदेव गौतमलाई फेरि अर्को झड्का
सांसद बन्न नसकेका बामदेव गौतमलाई फेरि अर्को झड्का
गगन थापाले गरे चुनाव खर्चको विवरण सार्वजनिक,देखियो हिसाबकिताब गोलमाल
गगन थापाले गरे चुनाव खर्चको विवरण सार्वजनिक,देखियो हिसाबकिताब गोलमाल
जोखिमका बीच पनि विद्यालय खुल्दै
जोखिमका बीच पनि विद्यालय खुल्दै
प्रदेश ४ को सरकारका लागि २८ करोड खर्च
प्रदेश ४ को सरकारका लागि २८ करोड खर्च