नगरपालीकाले ३५ दिने सुचना जारी गर्दा पनि टेरेनन् अतिक्रमणकारीहरूले !
सारांश
- अस्बिन खड्का , २७ वैशाख ।
- त्रियुगा नगरक्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर, टहरा खाली नगरे भत्काइने भनी प्रशासन, नगरपालिका तथा सम्बन्धित निकायले मिती २०७५/१/११ देखि लागु हुने गरी सूचना जारी गरेपनी त्रियुगामा नागरिक उड्डयन प्राधिकरणको नाममा रहेको हवाई मैदानको सरकारी जग्गा अतिक्रमण गरी बनाईएको घर, टहरा जस्ताको त्यस्तै नै छन् ।
- प्रजिअ बिष्णु बहादुर कार्कीले जथाभावी खरिद बिक्री समेत भैरहेको भन्दै ३५ दिनभित्र खाली नगरेमा कानुन बमोजिम कार्वाही गर्ने बताएका थिय ।
अस्बिन खड्का , २७ वैशाख । त्रियुगा नगरक्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर, टहरा खाली नगरे भत्काइने भनी प्रशासन, नगरपालिका तथा सम्बन्धित निकायले मिती २०७५/१/११ देखि लागु हुने गरी सूचना जारी गरेपनी त्रियुगामा नागरिक उड्डयन प्राधिकरणको नाममा रहेको हवाई मैदानको सरकारी जग्गा अतिक्रमण गरी बनाईएको घर, टहरा जस्ताको त्यस्तै नै छन् ।
प्रजिअ बिष्णु बहादुर कार्कीले जथाभावी खरिद बिक्री समेत भैरहेको भन्दै ३५ दिनभित्र खाली नगरेमा कानुन बमोजिम कार्वाही गर्ने बताएका थिय ।
सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका अगुवा,नागरिक समाज ,पत्रकार सहितको टोलीले अनुगमन गरी सार्बजनिक तथा हबाईमैदान तथा अरु सार्बजानिक रुपमा सरकारी जग्गा ओगटेर बसेका सबैको लागि घरजग्गा खाली गर्नेको लागी सोमवार सार्बजनिक रुपमा पत्रचार तथा बिभिन्न ठाउँ मा सुचना समेत टाँस गरीएको भयता पनि त्रियुगा नगरपालिका को सूचना प्रकाशित गर्दा ३५ दिनको समय सिमा नतोकिएकाले पनि जग्गा मा घर टहरा बनायर बसेका हरु ले सूचना लाई बेवास्ता गरेर अतिक्रमण भएको जग्गा खाली नगरेको गाईघाट बस्ने राम बस्नेत ले बताए ।
स्थानीए राजेश कार्की का अनुसार नगरपालिकाले ३५ दिन नलेखेर जानीजानी सूचना जारी गरेजस्तो मात्र गरेको हो हल्ला नगरमा अहिले चर्चा को बिषय बनेको छ ।
यो जग्गा खाली नगरेमा आफुहरु पनि आफु ले संरक्षण गरेको जग्गामा घर टहरा बनाउने भन्दै त्रिनपा ११ बस्ने बरुवा बसपार्क समीती की देबीमाया कटुवाल ले बताईन।
हाल नगर प्रमुख जिल्ला बाहिर भयकाले सूचना टास गर्दा मिती नहालेको तर अब हामी जुनसुकै बेला मा पनि सो जग्गामा अतिक्रमण गरी बनेको घर टहरा र जग्गा खाली गर्ने नगरपालिकाका कर्मचारी ले बताए।
तर कतिपय जिल्लाबासीहरु भन्छन यसमा सबैको मिलोतलो भएको हुनसक्छ। तसर्थ यसरि सार्बजनिक जग्गा हडपेर घर बनाउन पाउने भयो भने यसको परिणाम धेरै नराम्रो हुनजाने का साथै सरकार को सार्बजनिक जग्गा अरुले पनि ओगटेर बेच बिखन गर्ने गराउने हुन सक्ने ले यो कुरा को को छिटोभन्दा छिटो निकास निकाल्नुपर्ने उपभोक्ता समीती की देबिमाया कटुवाल ले बताईन।
प्रतिक्रिया